• २०८१ बैशाख ८ शनिबार

अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) एकता गर्न तीन उपसमिति

kharibot

फाइल तस्विर । 

काठमाडौँ /  पार्टी एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० निकट अनेरास्ववियु र अनेरास्ववियु ९क्रान्तिकारी० बीच एकता गर्न तीन उपसमिति गठन गरिएको छ । 

आज बसेको दुई विद्यार्थी एकता कार्यदलको बैठकले राजनीतिक तथा शैक्षिक कार्यदिशा निर्माण, विधान मस्यौदा र संगठन समायोजन उपसमिति गठन गरेको अनेरास्ववियुका अध्यक्ष नवीना लामाले बताए । 

उपसमितिलाई १० दिनभित्रमा कार्यदललाई प्रतिवेदन बुझाउन भनिएको छ । उपसमितिले प्रतिवेदन बुझाएपछि एकता प्रक्रियालाई अन्तिम रुप दिइने छ । 

क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतका अनुसार राजनीतिक तथा शैक्षिक उपसमितिमा अनेरास्ववियुबाट महेश बर्तौला, शैलेश लामा, ओसिम आलम, मकर खड्का र झपीन्द्र खत्री तथा क्रान्तिकारीबाट तिलकराज भण्डारी, पञ्चा सिंह, रविकिरण यादव, मिलन एमसी र तुकमान महरा हुुनुहुन्छ । विधान मस्यौदा उपसमितिमा अनेरास्ववियुबाट रश्मी आचार्य, सुनिता बराल, आरसी लामिछाने र सुदेश पराजुली तथा क्रान्तिकारीबाट सुरेन्द्र बस्नेत, दीपक देवकोटा, विजय गौतम र दीपेश पुन रहेका छन्  । 

संगठन समायोजन उपसमितिमा अनेरास्ववियुबाट ऐन महर, आरती लामा, समिक वडाल र सुदर्शन शिवाकोटी तथा क्रान्तिकारीबाट उत्तम अधिकारी, दीपक जोशी, इन्द्र भुसाल र जिपी मैनाली रहेका  छन  । 

कार्यदलमा तत्कालीन नेकपा एमालेबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा अनेरास्ववियुका इन्चार्ज रवीन्द्र अधिकारी र अनेरास्ववियुका अध्यक्ष तथा सांसद नवीना लामा एवम् क्रान्तिकारीबाट अध्यक्ष रञ्जित तामाङ र क्रान्तिकारीका पूर्वअध्यक्ष रमेश मल्ल रहेका छन । पार्टी एकता भएको तीन महिनाभित्र भातृसंगठन एकता गर्ने नेकपाले जनाएको थियो । 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै