• २०८१ बैशाख १२ बुधबार

सरकार र डा. केसी पक्षबीचको वार्ता सहमति नजिक, आजै अनसन तोडाउने तयारी  

kharibot

काठमाडौं । सरकार र अनसनरत डा. गोविन्द केसी पक्षबीचको वार्ता सहमति नजिक पुगेको छ । 

विहिवार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहरबारमा भएको सरकारी वार्ता टोली र केसी पक्षबीच भएको सहमतिलाई वालुवाटारमा अन्तिम रुप दिइने र सहमतिपत्रमा हस्ताक्षर हुने भएको छ ।

सहमतिमा हस्ताक्षरसँगै केसीको अनसन आजै तोडिने संभवाना बढेको छ ।

केसीको अनसन तोडाउन नेम्वाङ र केदारभक्त माथेमासहितको टोली शिक्षण अस्पताल जाने भएका छन् ।

सहमतिमा हस्ताक्षरघि केसी पक्षका वार्ता टोलीले डा. गोविन्द केसीलाई भेट्दैछन् । बिहीबारको वार्तामा भएको सहमतिबारे केसीलाई जानकारी गराउने र उनले सहमति जनाएमा हस्ताक्षर हुने सम्भावना रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै