• २०८१ बैशाख १२ बुधबार

इन्टरनेटको मूल्य वृद्धि फिर्ता

kharibot

काठमाडौं । सरकारले इन्टरनेटको मूल्य वृद्धि फिर्ता लिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा गठित मूल्य समायोजन सिफारिस समितिले तत्काल उपभोक्ताले तिर्ने इन्टरनेटको मूल्य वृद्धि नगर्ने निर्णय गरेको हो।

आर्थिक ऐन, २०७५ साउन १ गतेदेखि इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लिने गरी भएको व्यवस्था कार्यान्वयन नगर्ने निर्णय गरेको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार विज्ञप्ति सार्वजनिक गर्दै तत्काल उपभोक्ताले तिर्ने इन्टरनेट सेवाको मूल्य वृद्धि नहुने जानकारी गराएको हो। 

‘सरकार तथा इन्टरनेट सेवा प्रदायकको योगदान समेतका आधारमा इन्टरनेट सेवाको मूल्य वृद्धि नहुने गरी  मूल्य समायोजन गर्ने तथा तत्काल सर्वसाधारण उपभोक्ताले तिर्ने इन्टरनेट सेवाको मूल्य कुनै वृद्धि नगर्ने निर्णय गरेको ब्यहोरा सबैको जानकारीका लागि विज्ञप्ति जारी गरिएको छ’, बिहीबार सार्वजनिक विज्ञप्तिमा भनिएको छ। 

मन्त्रालयले सहसचिव वीरेन्द्रकमार मिश्रको संयोजकत्वमा समिति गठन गरेको थियो। समिति सदस्यमा नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक पुरुषोत्तम खनाल र आईएसपीएनका प्रतिनिधि विनय बोहरा थिए।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै