• २०८३ जेठ २६ मंगलबार

मधेस प्रदेशका पाँच सांसद पदमुक्त

मधेस प्रदेशका पाँच सांसद पदमुक्त

काठमाडौं । मधेस प्रदेशका पाँच सांसद पदमुक्त भएका छन् । प्रदेश सभामा लगातार १० बैठकमा अनुपस्थित रहेका सांसदहरुलाई सभामुख रामचन्द्र मण्डलले आजदेखि नै लागू हुनेगरी प्रदेशसभा सदस्यबाट पद मुक्त गरेका हुन् ।

मधेस प्रदेश सभा सचिवालयले बिहीबार पाँच सांसद पदमुक्त भएको उल्लेख छ । उनीहरुलाई प्रदेश सभामा लगातार १० बैठकमा अनुपस्थित भएका कारण पदमुक्त गरिएको सूचनामा उल्लेख छ ।

यसरी पदमुक्त हुने सांसदहरुमा उर्मिलादेवी सिंह सर्लाही, मनिष कुमार सुमन सप्तरी, सन्जयकुमार यादव सर्लाही, सिंहासन कलबार पर्सा, सारदा शंकर कलबार बारा रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै