• २०८१ बैशाख १३ बिहीबार

डा.गोविन्द केसीलाई काँग्रेस नबनाऊ - गगन थापा 

kharibot

काठमाडौँ । नेपाली काँग्रेसका सांसद गगन थापाले डा.गोविन्द केसीलाई काँग्रेस नबनाउन आग्रह गरेका छन्। 

संसदमा बोल्दै नेता थापाले सत्ता पक्षले अनेकौ बहाना र हत्कण्डा गरेपनि सरकारले सम्झौता गरेर राम्रो काम गरेको बताए।

नेपाली काँग्रेस संसदमा उठेर नै आज गोविन्द केसी उठेको बताए। काँग्रेस उठी रहेको कारणले आज डा.गोविन्द केसी उठेको अन्यथा डा.केसी सुतेको सुतै हुने उनले बताए ।

नेपाली काँग्रेसका नेता गगन थापाले विधेयक फिर्ता लिने विषय छोडेर विधेयकका बुँदाका बारेमा छलफल गर्न डा.केसी पक्षलाई सहमति काँग्रेसले गराएको बताए। डा.केसी जोगी भएको र उनी आम जनताको पक्षमा लडेको बताउदै नेता थापाले उनलाई काँग्रेस नबनाउन आग्रह गरेका छन्। 

डा.केसीसँगको सम्झौता अब संसदको सम्पत्ति भएको भन्दै नेता थापाले संसदबाट यसलाई कानुन बनाएर अगाडी बढ्न नेपाली काँग्रेसले साथ दिने जानकारी गराए। 

उनले संसदमा काँग्रेसले विरोधको सूचना हालेर अगाडी नआएको भए डा.केसीसँग सहमति पनि नहुने र विधेयक नयाँ परिस्थितिमा पनि नआउने थियो भन्दै सांसद थापाले संसदमा उनले दर्ता गरेको चिकित्सा शिक्षा विधेयकको विरोधको सूचना नयाँ परिस्थितिमा फिर्ता लिएका छन्।       

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै