सृष्टिको ‘ब्लाइण्ड रक्स’ जीवन   

खरीबोट
ad

काठमाडौँ।  जीवनमा हरेक कोणबाट कठिनाई छ । कठिनाईसँग भाग्नेहरु पनि छन् । जीवनदेखि हार्न नजान्नेहरु नै सफलताको शिखरमा पुग्न सक्छन् । १६  वर्षको कलिलो उमेर आँखाको दुष्टि गुमेपछि सृष्टिको जीवनमा ठुलो ब्रजपात भएको थियो । जीवनशैली फेरीने त भइहाल्यो, देखिने दृष्यहरुबाट उनी बञ्चित भइन तर जीवनको उदेश्यको पासवर्ड भने उनले गुमाइनन् । उनका उदेश्यहरु सफलताको शिखर चुम्न तत्पर भइरहे दृष्टिलाई दोष दिएर खुम्चिन सकिनन् सृष्टि ।  सृष्टि आफु भित्रको आफु भेटेर खुसी छिन् ।  उनी धेरै साथीहरुको खुसीमा खुसी हुन्छिन् । अरुको खुसीमा रम्न सक्नेले नै दिगो खुसी पाउछ ।  स—साना कुराले मान्छेलाई खुसी दिन्छ । सृष्टि त्यो खुसी प्राप्त गर्ने क्षमता राख्न सक्ने रचानात्मक तथा सिर्जनशील व्यक्तित्व हुन् ।   

बाबा राजेशमान केसी आमा प्रमेश्वरी केसी छोरीको रुपमा गठ्ठाघर भक्तपुरमा जन्मिएकी ब्लाइण्ड रक्सको संस्थापक अध्यक्ष सृष्टिले १० कक्षा पढ्दै गर्दा दृष्टि गुमाउनु पर्यो । उनले आफु जस्तै दृष्टिविहिनहरुको लागि उनीहरुले पनि खत्रा काम गर्न सक्छन भनेर देखाउन लागि परेपछि जन्माइन ‘ब्लाइण्ड रक्स’लाई । ‘ब्लाइण्ड रक्स’ले आर्ट सिकाउने काम गर्छ । जन्मजात आँखा नदेख्नेहरुलाई  विभिन्न आर्टहरु सिकाएर हाउभाउ सिकाउने कतातिर हेरेर बोल्ने देखि लिएर कसरी हातहरु हल्लाउने भनेर सिकाउने काम गर्दै आएको छ । 

कसरी बोल्ने भनेर सिकाउने गर्दछौं । आँखा देखिएन भनेर “ला देखेन भन्दा पनि नदेखेर जीवन नयाँ ढंगले फरक किसिमले बाँच्न सकिन्छ भन्ने सोचेर म अगाडि बढे आज यही संस्थाको काम गर्छु । ” केसी नेपालको पुर्व देखि पश्चिमसम्म पुगेर तालिम संचालन गर्छिन । उनी भन्छिन— “अन्तराष्ट्रिय स्तरमा काम गर्छु । म भित्रबाहिर गर्छु जानेको सिकाउछु अनि धेरै कुरा सिक्छु । ”  कसरी समस्या पनि सामाधान देखेर फरक गतिले अगाडि बढ्न सकिन्छ भनेर उनी पाइला चाल्न थालिन । “म पनि त्यसरी र्नै अगाडि बढिराछु” । 

ब्लाइण्ड रक्सले आर्टसँग सम्बन्धित दृष्टिविहिनसँग सम्बन्धीत भएर जन्मजात आँखा नदेख्नेहरुलाई हाउभाउ देखाउने कता तीर हेरेर बोल्ने कसरी हातहरु हल्लाउने ? मान्छेहरुसँग कसरी बोल्ने भनेर सिकाउछ ।  केसी  भन्छिन— “किन भने हामी नबकेलिकनै हाम्रो शरिरका प्रत्येक अंगले बोल्दछन् । हाम्रो आँखाले बोल्छ , मुखले बोल्छ, हाम्रो हातले बोल्छ, खुट्टाले बोल्छ । आफ्नो हात कहाँ राखिरहनु भएको हुन्छ भन्ने कुराले उभिदो केहि न केही म्यासेज दिरहेको हुन्छ ।”  त्यस्ता कुराहरु सिकाउछिन । विभिन्न कलर्सको कराहरु, कस्तो कस्तो ट्रेन चलेको छ बजारमा भन्ने कुराहरु सिकाउने टुर लैजाने  गर्दछ ब्लाइण्ड रक्सले ।  डान्स सिकाउने , विभिन्न क्षमता बृद्धि व्यक्तित्व विकासका तालिमहरु सिकाउने, विभिन्न संघसस्था या कसैलाई चाँहि केही कुरा एकदम आवश्यक छ भो जस्तो पढ्न सकिरहेको छैन भने खोजेर छात्रवृति उपलब्ध गराउदै आएको छ । आवश्यक सामग्री उपलब्ध गराउछ । 

सृष्टिले स्पिच दिने, पर्फम गर्ने विभिन्न  किसिमको तालिम सञ्चालन गर्ने  वर्क सप गर्ने  गर्छिन   । समाज परिवर्तन गर्ने संस्था कसरी सञ्चालन गर्ने जस्ता विषयसँग सम्बन्धित तालिम पनि दिने कार्य गर्दछिन् ।  उनी भन्छिन - “फरक फरक विधिबाट आफुलाई दख्खल बनायो भने नै समाजमा आफुलाई स्थापित गर्न सहज हुन्छ ।  जीवनमा अभावलाई अवसरको रुपमा लिएर अगाडि बढ्नु पर्छ । ”

 दृष्टिविहिन भइसके पछि जीवनमा परिवर्तन आयो १६ वर्षमा दृष्टि गुमाएपछि उनको जीवनको मोड परिवर्तन भयो । अधिकासं अपाङ्गता  भन्ने वित्तिकै  शिक्षा स्वास्थ्य रोजगारीमा आएर रोकिने गरेको यर्थाथ सबै सामु छर्लङ्घ छ । अगाडि पाइला चाल्न हो त्यो बिचमा चाहिने पाइने स्कीलहरु विकास गर्नु पर्ने हुन्छ । त्यो विकास गर्न नसकेरै हामी पछाडि छौं । त्यो चाहिदैन की भन्ने सोच आएर नैआर्टमा रुचि भएको कारण एउटा टुलको रुपमा लिएर केसीले काम गर्न थालिन । 

केसी भन्छिन - “म नाच्ने काम गर्छु । नाटकहरुमा पनि अभिनय गर्छु । किन नसकिने गरेपछि सकिन्छ नै । शिक्षा,स्वास्थ्य रोजगार कुनै पनि ठाँउमा जादाँ चाहिँ अपाङ्गता भएका व्यक्तिहरुको उपस्थिति नगन्य हुन्छ ।  ज्ञान र व्यत्तित्वको विकास भएको होस  भन्ने हिसाबले ब्लाइन्ड पनि रकिङ लाइनमा हुन्छ है भन्नको लागि उनीहरुको पनि एकदम खतरा लाइफ हुन सक्छ भनेर नाम पनि ब्लाइन्ड रक्स राखेको हो । ” यहि हिसाकले नेपालमा पनि सुदुर पश्चिम देखि पुर्वसम्म गएर कामहरु गरीरहेको  र  अन्तराष्टिय स्तरमा पनि काम गरिरहेका छन्  । 

उनको संस्थामा  वोर्डमा ५ जना दृष्टिबिहिन ३ जना दृष्टियुक्त र एक जना अर्ध दृष्टि साथी छौं । सृष्टि भन्छिन - “हामी खुला हौं कीनकी हामी समावेशी खुला समाज चाहान्छौं । विभिन्न किसिमका तालिमहरु दिने डान्स नाटक सिकाउछौं । सामाजिक काम टुर लाने कलरको बारेमा सिकाउने  मात्र नभइकन व्यत्तित्व विकास र क्षमाता विकासका तालिमहरु बोल्ने शैलीहरु सिकाउछौं । बोल्ने माध्यमको रुपमा काम गर्दछौं । ”   सुदुरपश्चिमतिर पुग्दा तालिमका प्याकेज मात्र लिएर जादैनन ।  कहिले सेतो छडि ह्विल चेयर बैशाखी, पढ्ने शैषिक सामग्रीवितरण गर्ने ब्याग कापि,कलम ,क्यालुकुलेटर, म्युजिकल स्टुमेण्ट, वितरण गर्ने गर्दछ। 

बच्चाहरुलाई स्रोतहरु जुटाएर आवश्य सामग्री पनि हामीले वितरण गर्ने, सँगै उनीहरुलाई  विभिन्न तालिम दिने , कहिलेकाही बच्चाहरुलाई हेल्प पनि गर्ने कार्य गर्दछन  । युराप लण्डन नर्वे फ्रान्स लगाायतका २० भन्दा धेरै देश पुगिसकेकी केसी अन्तराष्ट्रिय क्षेत्रमा काम गर्दछिन् । सप्त परी भन्ने इभेन्ट हुदैछ । अष्टेलिया नेपाल भेग अर्गानाइजेशनबाट ७ जना छानेकोमा प्रेरणात्मक भाषण र डान्सको लागि उनी अष्टेलिया जादै छिन् ।  विभिन्न क्षेत्रमा आफ्नो छाप पार्न सफल महिलाहरुलाई छान्ने क्रममा सृष्टि पनि परेकी हुन् ।  सृष्टि अपाङ्गताबाट एक्लो प्रतिनिधि मात्र जादै छिन् ।  

स्कुल प्राइमरी अक्सिडेण्टल पब्लिक स्कुल काठमाडौँको अनामनगरबाट गरेकी हुन । सेकेण्डरी सिद्धार्थ विद्या पिठ गठ्ठाघरबाट माध्यामिक तह उर्तिण गरेकी सृष्टीको  १० कक्षा पढ्दा पढ्दै दृष्टि गुमाएकी हुन । प्रथम श्रेणीमा एसएलसी उर्तिण गरिन । आइए कन्या बहुमुखी क्याम्पसबाट गरिन त्यतिबेला आइएको उनी टियु टपर हुन ।  ब्याजलर पनि उनले कन्या क्याम्पसमा नै गरिन । नेपाली साहित्यको फेरी टियु छपर भएर दुइ पटक मेडल हात पारेकी छन् ।  मास्टर युरोपिएन युनियन सरकारका छात्राकृति सहयोेग सहयोगमा उनले अध्ययन गरिन । 

उनले डान्स एन्थ्रोपोलोजीमा मास्टर गरेकी हुन् । स्नाकोत्तरको डान्स त्यो युनिर्भसीटीमा पनि म नै पहिलो र दुष्टिबिहिन थिए ।  त्यो  ४ देशमा गएर पढ्ने थ्यो के जर्मन , फ्रान्स हगेंरी  युकेमा गएर उनले पढ्ने अवशर पाएकी थिइन् ।

सबै किसिमका अनुभवहरु सृष्टिसँग छन् । उनी भन्छिन “ खुसी लाग्छ एक जना दिदीले भन्नुभएको थियो जिन्दगीमा पैशा कमाउने धनी भन्दा पनि अनुभव कमाउने ब्यक्ति धनी हुन्छ, भन्नहुथ्यो त्यो हिसावमा पनि म सम्पन्न छु की भन्ने लाग्छ । किनभने धेरै किसिमका काम गरेको छु ।”

उनि थप्छिन —“विकट भन्दा विकट गाँउमा पुगेकी छु  । कहिलेकाहीँ भोकभोकै बसेको अवस्था हुन्छ ।  कहिले एकदम विकसित देशमा पुगेकी हुन्छु खाएर साध्य हुदैन ।  कहिले कहाँ सुत्नु भन्ने हुन्छ कहिले कहाँ कहाँ खेलु भन्ने हुन्छ ।”  रमाइलो हुने सबै किसिमका अनुभवहरु बाडिने अनि धेरै कुरा सिकिने उनको बुझाई छ । उनी अझै थप्छिन—“ सिकाउने एउटा पाटो हो, सिकाउने बाहानामा धेरै कुरा सिकीदो रहेछ ।  वास्तवमा मैले धेरै कुरो सिकिरहेको छु । ”   

सृष्टि भन्छिन -“प्रत्येक व्यक्तिले केहि न केही सिकिरहेको हुन्छ । त्यो विकट गाँउ सुदुरपश्चिममको दृष्टिविहिन व्यक्तिले होस् या त्यो लण्डनको दृष्टिविहिन व्यक्ति होस उसले फरक फरक शिक्षा दिन्छ ।”   उनी चाहिँ लण्डनमा बसेको दृष्टिविहिन ब्यक्तिलाई हाम्रो सुदुरपश्चिममा रहेका दृष्टिविहिनको उदाहरण दिन्छिन ।  कहिले सुदुरपश्चिमकोलाई बाहिरतिर त यस्तो पनि हुन्छ भनेर ती उदाहरणहरु दिएर प्रेरणा दिन्छिन ।  यसरी उनी एउटा माध्यमको रुपमा काम गरिरहेको हुन्छिन ।  

उनको खुसीको क्षणको सम्झदै भन्छिन —“बाहिर जादाँ म स्पेनमा हुदाँ तालिम गराइरहेको थिए । एक जना स्कटल्याण्डको ब्यक्ति आउनुभयो । तिमी कहाँबाट आको भनेर सोध्यो मैले नेपाल भने । नेपाल ? सोधेपछि माउण्ट एभरेष्ट भने मैले । तिम्रो देश विकसित देश हो? भनेर सोध्यो किन भने मैले ? उसले भन्यो  तिमी महिला छौं सानो उमेरको छौ तिमीमा दृष्टिविहिनता छ ति स्पेन जस्तो देशमा आएर हामीलाई तालिम दिरहेकी छौ भने पछि तिम्रो देश पक्कै विकसित हुनु पर्छ ।  मैले हो मात्र भने । ” उनी थप्छिन—“त्यतिबेला मलाई के फिल भयो भन्दा म विभिन्न तालिम लिएर विभिन्न जादाँ म मेरो देशको मेरो परिचय चिनारी लिएर पुग्न सफल त्यो विकसित सम्पन्न देशको रुपमा हेरिदिादाँ फेरी चाहिँ भित्रै देखि एकदम सम्मान फिल भएको थियो । ”

केसी भन्छिन —“दुख पनि लाग्छ कहिले हामीले तालिम गर्दा गर्दै पनि नबुझिदिने तिनीहरु गर्छन विना काममा नचाहिँदा आरोपहरु खेप्न परिरहेको हुन्छ  । नचाहिहँदा कुराहरु पनि चलिरहेका हुन्छन् । आलोचनाहरु धेरै खेप्नु पर्ने हुन्छन् । सामाजिक अभियन्ता भएर काम गर्दा नचाहिँदा कुराहरु पनि झेल्नु पर्ने हुन्छ ।  र त्यसको लागि तयारी हुनुपर्दछ ।  आफु तयारी भएर जानु पर्ने हुन्छ । आफुलाई थाहा नभएका कुराहरुले चाहिँ कहिलेकाही उर्जा कम हुन खोज्दोे रहेको हुन्छ ।”उनी थप्छिन—“तर त्यसलाई पनि सकारात्मक रुपमा नै हेर्छु किनभने जीवनमा यदि चुनौति भएन भने हिड्ने बाटाहरु कठिनाई भएनन भने यात्रामा मजा पनि आउदैन । त्यसैले त्यसलाई म अवशरकै रुपमा हेर्छु । ”

“काममा केही असहज उतारचढाव हुन्छ तर मैले ५ वर्ष भयो संस्था चलाएको अहिले एकदम धेरै सकारात्मक परिवर्तन देख्छु ।” उनी भन्छिन -“बाहिर बस्ने नेपालीहरुले फोन गर्नु हुन्छ । हामीले के गर्न सक्छौ भनेर एकता यति देखेको छु नि ! नेपालीको सबै भन्दा राम्रो कुरा भनेको त्यहि हो ।  हामी दिनलाई त्यति धेरै कन्जुस्याँई गदैनौं । आफ्नो घरमा थोरै छ भने पनि गरौं न त भन्नेहरु धेरै हुनुहुन्छ  । गरौ न त भन्ने धेरैको मानसिकतामा छ । ” 

केसी भन्छिन-“ विस्तारै कामहरु अलिअलि गर्दै निरन्तरता दियौं । सायद त्यहि निरन्तरताको फल पनि हुनु पर्छ आज भोलि चाहिँ आफै तिमीहरुलाई केही सहयोग चाहिन्छ हामी गछौं न त भन्नेहरु पनि आउनुहुन्छ ।  सोध्नुहन्छ र खुसी लाग्छ ।  जे होस एउटा मात्र इटा थपिदिने साथ भयो भने पनि त जम्मा हुदै गएर धेरै इटाले घर बन्ने त हो ।  हामी त्यसकै खोजिमा साथ सहयोगमा हिडिरहेका छौं । नेपालबाट मात्र नभएर विदेशमा बस्ने नेपालीले पनि जुन किसिमको माया र साथ दिइरहनु भएको एकदमै खुसी छौं ।”  

समाज परिवर्तनशील छ सकारात्मक परिवर्तनमा अघि बढ्नु पर्दछ ।  धेरै गर्न पनि बाकी छ । आफ्ना छेउछाउका मान्छेका लागि मात्र पनि आफुले गर्न सक्ने कुरा खुल्ला भयौं भने हिडिरहेको अभियानमा साथ मिल्छ ।  र त्यहि साथको खोजिमा पनि छौं र धेरै साथ पाइरखेका छौं ।   


 

सम्बन्धित समाचार

देवीलाई चढाइएको बलीलाई हिंसा मानिँदैन : विदुषी प्रियंवदा काफ्ले

नेपाली हिन्दूहरुको पर्व दशैँ सुरु भइसकेको छ । परम्परागत रुपमा दशैँ मनाउने चलन नेपाली समाजमा धेरै पहिलेदेखिकै हो । खासगरी आसुरीभावमाथि सत्यको विजयको उत्सवस्वरुप मनाउने गरिए पनि वर्तमान समयमा दशैँ

बचतकर्ताको रकम ठग्ने सहकारीलाई कानुनी दायरामा ल्याउँछौँ : नमराज ढकाल

देशमा संघीय शासनप्रणाली कार्यान्वयनमा गइसकेपछि देशका ७ सय ५३ वटै स्थानीय निकायले स्वायत्त रुपमा बराबर अधिकार प्राप्त गरेका छन् भने त्यस्ता स्थानीय निकायहरु २० वर्षपछि अहिले पुनः स्थानीय जनप्रतिनिधिबाटै शासित

बजेट कम हुदा चाहेर पनि काम गर्न सकिन : मन्त्री थममाया थापा

थममाया थापा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री हुन् । प्रधानमन्त्री केपी ओलीसँगै मन्त्रीको शपथ खाएकी उनी पहिलोपटक देशको कार्यकारी अधिकार प्राप्त गरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय हाँकिरहेकी

‘सडककी पाइलट’ मखमली !

काठमाडौँ। २०२८ सालमा नुवाकोटमा बुबा छबु र आमा शान्ति लामाको कान्छी छोरी भएर जन्मिएकी मखमली गुरुङको पारिवारिक अवस्था नाजुक थियो । सोही कारण उनको आफ्नै बाल्यकाल गतिलो हुने कुरै भएन ।


z