• २०८१ बैशाख ८ शनिबार

प्रारम्भिक कक्षा पढाइ कार्यक्रम बर्दियामा पनि सञ्चालन

kharibot

फाइल तस्विर । 

नेपालगन्ज / कक्षा १ देखि ३ सम्मका बालबालिकाको पठन सीप क्षमतामा सुधार ल्याई उनीहरुको शैक्षिक जग बलियो बनाउने उद्देश्यका साथ बर्दिया जिल्लामा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम शुरु गरिएको छ । 

सो कार्यक्रम बाँके जिल्लामा सफलतापूर्वक सम्पन्न भएपछि सरकारले बाँके युनेस्को क्लबलाई यही साउन महिनादेखि बर्दियामा पनि कार्यक्रम सञ्चालनको जिम्मेवारी दिएको हो । 

नेपाल सरकारले देशका १६ जिल्लामा सञ्चालन गरेको राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमअन्तर्गत बर्दियामा सामाजिक तथा समुदाय परिचालन गरेर कार्यक्रमलाई सफल बनाउने जिम्मेवारी बाँके युनेस्को क्लबले पाएको शिक्षा विकास तथा समन्वय इकाई बर्दियाका प्रमुख नीलकण्ठ रेग्मीले बताए । 

बर्दियाका ३०० सामुदायिक विद्यालय र मदरसाका १ देखि ३ कक्षा सम्मका ३१ हजार ३२९ बालबालबालिका, शिक्षक, व्यवस्थापन समितिका पदाधिकारी र सदस्य तथा अभिभावकहरुलाई कार्यक्रमभित्र समेटिएको क्लबका अध्यक्ष प्रवेजअली सिद्धिकीले बताए । 

कार्यक्रमअन्तर्गत १ देखि ३ कक्षा सम्मका बालबालिकाको पठन सीपको महत्वबारे अभिभावकलाई बुझाउने तथा बालबालिकाको पढाइमा सहयोग गर्न अभिभावकलाई प्रेरित गर्ने बताइएको छ । 

सोही कार्यक्रमअन्तर्गत बर्दियाका ९५ वटा विद्यालय र मदरसालाई अधिकतम रु दुई÷दुई लाख अनुदान सहयोगसमेत उपलव्ध गराइनेछ । कार्यक्रम सञ्चालनका लागि बर्दियामा परियोजनाको कार्यालय स्थापना गरी सात जना समुदाय परिचालन अधिकृतलाई विद्यालयमा तोकिएको विद्यालयमा खटाइएको छ । 

राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमअन्तर्गत अभिभावकलाई दौँतरी शिक्षा तालीम, स्थानीयस्तरमा शैक्षिक सामग्री निर्माण, पढाइ उत्सव, अभिभावक शिक्षक सम्मेलन तथा पैरवी तथा चेतनामूलक अभियान लगायतका गतिविधिहरु सञ्चालन गरिनेछ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै