• २०८१ बैशाख ७ शुक्रबार

गाउँपरिषद्मै झडप, राजपाका तीन कार्यकर्ता घाइते

kharibot

गौशाला। महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको आज दिउँसो दोस्रो गाउँपरिषद् भइरहेका बेला परिषद्मै कुर्सी हानाहान भएको छ । 

राजपा नेपालका अध्यक्षसहित बहुमतको स्थानीय सरकार रहेको पिपरा गाउँपालिकाको परिषद् भइरहेका बेला राजपा नेपालकै नेता कार्यकर्ताले परिषद्को विरोध र बहिष्कार गर्दा कुर्सी हानाहान भएको हो । 

राजपा नेपालका पिपरा गाउँपालिकास्तरीय पार्टी समितिका अध्यक्ष विनित पाण्डेको नेतृत्वमा गएको ५०-६० जना नेता कार्यकर्ताले गाउँपालिकाका अध्यक्ष विनोद चौधरीले पार्टीका कसैसँग कुनै राय परामर्श नगरी एकलौटीरुपमा परिषद् गर्न लागेको आरोप लगाए । परिषद्को विरोध र बहिष्कार गरेपछि अध्यक्ष पक्षका नेता कार्यकर्ता प्रतिकारमा उत्रिँदा दोहोरो झडप र कुर्सी हानाहान भएको थियो । 

दिउँसो परिषद् शुरु हुनेबित्तिकै विरोधी पक्षको तर्फबाट विनित पाण्डेले मञ्चमा पुगेर माइक खोसेर सबैलाई परिषद् हुँदैन भन्दै बाहिर जान भनेको र अन्य ५०÷६० जनाले कुर्सी, टेबुल तोडफोड गर्न थालेपछि दोहोरो झडप भएको थियो । 

राजपाकै दुई गुटबीच परिषद्मै भएको झडपमा परेर विरोधी पक्षका तीन जना सामान्य घाइते भएको पाण्डेले बताए । साथै केही कुर्सी र माइक पनि तोडफोड भएको उनले बताए । 

दोहोरो झडपपश्चात् प्रहरी परिचालन गरी आधा घण्टापश्चात् पुनःपरिषद् शुरु भएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै