धनगढी । आजको बैठकमा प्रदेश नं ७ को राजधानी रहने स्थान र प्रदेशको नामाकरणका सम्बन्धमा यही साउन २१ गतेभित्र आवश्यक सुझाव पेश गर्नका लागि ‘विषेश सुझाव समिति‘ गठन गरिएको जानकारी सभामुख अर्जुनबहादुर थापाले गराए ।
समितिको संयोजकमा सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङ रहेका छन् ।
समितिको सदस्यमा प्रदेशसभा सदस्य प्रेमप्रकाश भट्ट, बलदेव रेग्मी, श्यामलाल रानाथारु र चुनकुमारी चौधरी रहेका छन् । प्रदेशसभाको अर्को बैठक साउन १६ गते अपराह्न १ बजे बस्नेछ ।