मुलुकी ऐन कार्यान्वयनको तयारी पूरा, भदौ १ गतेदेखि लागू हुने 

खरीबोट
ad

काठमाडौँ। आगामी भदौ १ गतेदेखि लागू हुन लागेको मुलुकी देवानी र मुुलुकी अपराध संहिता लागू गर्ने पूर्ण तयारी भएको महान्यायाधिक्ताको कार्यालयले जनाएको छ । 

महान्यायाधिवक्ता कार्यालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा भदौ १ गतेदेखि लागू हुने मुलुकी देवानी (संहिता), २०७४, मुलुकी अपराध (संहिता) ऐन, २०७४, मुलुकी देवानी कार्यविधि (संहिता) ऐन, २०७४, मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ लागू गर्ने तयारी पूरा भएको जानकारी दिएको हो । 

गृह मन्त्रालय, सरकारी वकिल कार्यालय, नेपाल प्रहरी, सरकारी वकिलका बीचमा आज भएको छलफलमा सो ऐनहरु लागू गर्ने विषयमा आ–आफ्नो ठाउँबाट कार्यान्वयनका लागि तयारी भएको हो । 

महान्यायाधिवक्ता अग्नि खरेलले सातै प्रदेशमा आवश्यक तालीम पूरा भएको, कानून कार्यान्वयन गर्ने निकायहरुबीच पनि तालीम र तयारी भएको जानकारी दिनुभयो । 

निकै छलफल गरेर कानून बनाइएको र पारिवारि, आर्थिक, सामाजिक, मुलुकको शान्ति सुरक्षासँग जोडिएको कानून मुलुकी ऐन नै हो । विसं १९१० मा बनेको र २०२० सालमा संशोधन भएर ५५ वर्षसम्म लगातार जनताको मूल कानूनका रुपमा मुलुकी ऐनले काम गर्दै आएको छ । 

महान्यायाधिवक्ता खरेलका अनुसार लागू गर्नुभन्दा अगाडि नै करिब ५० वटा जति कानूनी व्यवस्था तत्काल संशोधन गर्नुपर्ने जरुरी छ । भदौ एक गतेदेखि लागू हुने ऐनमा ७५ प्रतिशत कैदी म्याद भूक्तान गर्नुपर्ने व्यवस्था छ । त्यसलाई ५० प्रतिशत भूक्तान गर्नुपर्ने व्यवस्था गर्नुपर्नेलगायतका संशोधन गर्नुपर्नेछ । 

सम्बन्धित समाचार

मुलुकी ऐन काँग्रेस सरकारले ल्याएको हो : सुवासचन्द्र नेम्वाङ

इलाम  /  नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रमुख प्रतिपक्षी काङ्ग्रेसले विगतमा आफैँले गरेका निर्णयलाई अहिले विरोध गरिरहेको आरोप लगाएका छन  ।  “मुलुकी ऐनको मस्यौदा शेरबहादुर देउवा नेतृत्वको सरकारले

मुलुकी ऐनको विरोधमा पत्रकारहरु सडकमा 

काठमाडौं। नेपाल पत्रकार महासंघले पत्रकारहरुलाई फौजदारी अभियोग लगाउने नयाँ मुलुकी ऐनको प्रावधान तत्काल हटाउन माग गर्दै सडक आन्दोलन पनि सुरु गरेको छ ।  पत्रकारहरुलाई फौजदारी अभियोग लगाउने प्रावधान हटाउन सञ्चार माध्यमबाट

नयाँ मुलुकी ऐन प्रभाव : ६ दिनमै ९ सम्बन्धविच्छेद मुद्दा दर्ता

चितवन / मुलुकी देवानी (संहिता) ऐन २०७४ लागू भएपछि छ दिनमा नौ पुरुषले सम्बन्धबिच्छेदको मुद्दा दर्ता गराएका छन् ।  चितवन जिल्ला अदालतमा भदौ १ गतेदेखि ६ गतेसम्म नौ पुरुष र छ

ने क पाकै संगठनले भन्यो - सरकारले प्रेसको घाँटी रेट्यो, जनताको अधिकार कुण्ठित गर्यो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी निकट क्रान्तिकारी पत्रकार संगठन नेपालले श्रमजीवी पत्रकारहरुको हक, हित, अधिकारको रक्षा, नागरिकको अभिव्यक्ति स्वतन्त्रताको रक्षा, आम नागरिकका संवैधानिक र राजनीतिक अधिकारका पक्षमा संघर्ष  गर्ने घोषणा


z