• २०८१ बैशाख ८ शनिबार

गगन थापाले आफ्नो अभिव्यक्तिका बारेमा उठेका विषयको जवाफ दिने 

kharibot

काठमाडौँ।  नेपाली काँग्रेसका युवा नेता तथा पुर्वस्वास्थ्यमन्त्री गगन थापाले नेपाल बाहिर चिकित्सा शिक्षा अध्ययन गर्न जाने बिद्यार्थीका विषयमा उनको अभिव्यक्तिका बारेमा उठेका विषयहरूसँग सम्बन्धित विषयमा जवाफ दिने भएका छन्। 

नेता थापाले आज साँझ ९ बजे फेसबुक लाइभ मार्फत उनले आफैले दिएको अभिव्यक्तिका बारेमा जानकारी गराउने भएका हुन्।

उनले डा.गोविन्द केसी अनसन बसिरहेका बेला एक सार्वजनिक कार्यक्रममा विदेश चिकित्सा शिक्षा अध्ययन गर्न जाने बिद्यार्थीहरु धेरैजसो सर्टिफिकेट पाउने ग्यारेन्टी भएका कारण विदेश गएको आशयको अभिव्यक्ति दिएका थिए।  उनको सो भनाइको विरोध भएपछि नेता थापाले सो विषयमा आफ्नो धारणा राख्न थालेका हुन्।       

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै