• २०८१ बैशाख १४ शुक्रबार

शिक्षा दिवसका अवसरमा पुरस्कार स्थानीय तहबाटै

kharibot

फाइल तस्बिर

काठमाडौँ, । अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय शिक्षा दिवसका अवसरमा शिक्षा क्षेत्रमा योगदान पु¥याउने व्यक्ति र संस्थालाई शिक्षा मन्त्रालयले दिँदै आएको पुरस्कार अब स्थानीय तहबाटै दिइने भएको छ । 

मन्त्रालयले जिल्लाबाट प्राप्त सिफारिसका आधारमा त्यस्ता योगदान दिने झण्डै ५०० व्यक्तिलाई पुरस्कृत गर्दै आएकामा अब स्थानीय तहबाटै व्यवस्थापन गरिने मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले जानकारी दिए । 

यसैबीच, यस वर्षका लागि नतिजाका आधारमा राष्ट्रिय र प्रदेशस्तरमा उत्कृष्ट घोषित भई पुरस्कृत हुने सामुदायिक र निजी विद्यालयको पुरस्कार पनि स्थगित हुने भएको छ । पुरस्कार चयनबारे पुनरावेदन अदालत पाटनमा प्रसादी एकेडेमीले दिएको रिट निवेदनमा आज अन्तरिम आदेश जारी हुँदा पुरस्कारको निर्णय यथास्थितिमा राखी यही भदौ २७ गते छलफलका लागि दुवै पक्षलाई बोलाइएको छ । 

मन्त्रालयले उत्कृष्ट शैक्षिक संस्थालाई राष्ट्रिय एवं प्रदेश शिल्ड, ध्वजा, पुरस्कार तथा प्रमाणपत्रबाट पुरस्कृत गर्दै आएको थियो । यस वर्ष दिवसका यही भदौ २३ गते सो पुरस्कार वितरण एवं सांस्कृतिक कार्यक्रम तय भएको छ । दिवसको नारा ‘संघीय नेपाल समृद्धिको आधार, स्तरीय शिक्षा सबैको अधिकार’ भन्ने छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै