• २०८१ बैशाख ७ शुक्रबार

कक्षा १२ को नतिजा विहिबार आउने 

kharibot

काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले प्राविधिक समस्या आएको भन्दै कक्षा १२ को नतिजा बिहीबार मात्रै सार्वजनकि गर्ने भएको छ । मंगलबार नतिजा प्रकाशनको लागि सबै काम सकिएको जनाउँदै बुधबार नतिजा सार्वजनिक गरिने बताइएको थियो । 

यसअघि पहिलो चरणमा बिज्ञानको मात्रै सार्वजनिक गर्ने गरिएकोमा यसवर्ष सबै समूहको नतिजा एकैपटक सार्वजनिक गर्न लागेको हो। कक्षा १२ को नतिजा एकै पटक प्रकाशित गर्न लागेको यो पहिलो पटक हो । यसपटक बोर्डले नियमितको अक्षरांकमा र आशिंकको नम्बर नतिजा प्रकाशित गर्दै छ ।

कक्षा १२ को परीक्षा गत वैशाख १४ गतेदेखि शुरु भई बैशाख २७ गते सम्पन्न भएको थियो।  परीक्षामा देशभरका तीन हजार ९१२ विद्यालयका दुई लाख आठ हजार २७६ छात्र र दुई लाख छ हजार ९७५ छात्रा गरी कूल चारलाख १५ हजार २५२ परीक्षार्थी सहभागी भएका थिए । परीक्षामा सबभन्दा बढी काठमाडौँमा ६१ हजार ९२६ तथा सबैभन्दा कम मनाङमा ८८ जना परीक्षार्थी सहभागी भएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै