• २०८१ बैशाख ८ शनिबार

अभिषेक र ऐश्वर्या ८ बर्षपछि पर्दामा आउदै  

kharibot

मुम्बई।  अभिनेता अभिषेक बच्चन र अभिनेत्री ऐश्वर्या राय ८ वर्षपछि सिल्भर स्क्रिनमा एकसाथ देखिने भएका छन् । उनीहरु मणिरत्नमको फिल्म 'रावण' पछि पर्दामा सँगै देखिएका थिएनन्। 
 
अनुराग कश्यपको फिल्म 'गुलाब-जामुन' को स्क्रिप्ट डेढ वर्ष अगाडि नै ऐश र जूनियर बच्चनलाई मन परेको थियो । त्यसबेला दुवैले यो फिल्म गर्न अस्वीकार गरेका थिए । हालैमा अभिषेक बच्चनले 'रावण' को सेटको एक पुरानो फोटो इन्स्टाग्राममा शेयर गर्दै फेरि दुवै एकसाथ देखिन लागेको कुराको पुष्टि गरेका छन् । 

ऐश्वर्याले हालैमा एक अन्तर्वार्तामा राम्रो स्क्रिप्ट नआएका कारण वर्षौदेखि फिल्ममा सँगै काम गर्न नसकेको बताएकी छन् । उनले भनिन्, 'केहि स्क्रिप्टहरु आएका थिए तर हामीलाई मन परेन । व्यक्तिगत रूपमा हामीलाई अलग-अलग कहानी मनपर्छ, यसकारण अलग-अलग फिल्म गरिरहेका छौं ।' 'गुलाब-जामुन' को कथा मन परेका कारण सँगै काम गर्न लागेको उनले बताइन् । 
 
यो फिल्ममा अनुराग निर्देशक नभएर निर्माताको रुपमा छन् । अभिषेक र ऐश्वर्या रायले अहिलेसम्म 'ढाई अक्षर प्रेम के', 'कुछ न कहो', 'धूम', 'उमराव जान', 'गुरु', 'सरकार राज' र 'रावण' मा एकसाथ काम गरेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै