• २०८१ बैशाख १३ बिहीबार

वैदेशिक प्रशिक्षणका लागि भारोत्तोलन टोली थाइल्याण्डतर्फ

kharibot

काठमाडौँ। इण्डोनेसियामा हुने १८ औँ एसियाली खेलकूदमा सहभागी हुने नेपाली भारोत्तोलन टोली वैदेशिक प्रशिक्षणका लागि आज थाइल्याण्डतर्फ प्रस्थान गरेको छ । 

एसियाडअन्तर्गत भारोत्तोलनतर्फ पुरुषमा आठ र महिलामा सात गरी १५ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । नेपालले भने पुरुष÷महिलामा समान २–२ गरी चार स्पर्धामा सहभागिता जनाउनेछ । 

पुरुषमा कमलबहादुर अधिकारीले ६९ केजी तथा विकास थापाले ७७ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । कमल १० औँ सागका स्वर्णधारी तथा विकास १२ औँ सागका रजत विजेता हुन् । 

त्यस्तै महिलाको ५३ केजीमा सञ्जु चौधरी तथा ७५ केजीमा १२ औँ सागकी कांस्य विजेता तारादेवी पुनले भाग लिनेछन् । चारै खेलाडी आ–आफ्नो स्पर्धाका राष्ट्रिय कीर्तिमानधारी हुन् । प्रशिक्षकमा दिनेश भुजेल रहेको छ । 

सन् १९८२ मा भारतमा भएको एसियाली खेलकूदमा नेपालले पहिलोपटक भारोत्तोलनमा सहभागिता जनाएको थियो । त्यसयता एकपटक १९९४ मा जापानको हिरोसिमामा भएको एसियाडमा मात्र नेपालले भारोत्तोलनमा सहभागिता जनाएको छ । 

टोलीलाई राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले सफलताको शुभकामना दिँदै बिदाइ गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै