• २०८१ बैशाख १३ बिहीबार

राजपा सांसदले प्रधानमन्त्री र सभामुख दुवै जना 'हत्यारा' भएको अभिव्यक्ति दिएपछि...

kharibot

काठमाडौँ।  राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद प्रमोद साहले प्रधानमन्त्री र सभामुख दुवै जना 'हत्यारा' भएको अभिव्यक्ति दिएपछि सांसदमा विवाद भएको छ । 

बिहीबारको संसद बैठक चलिरहँदा राजपा सांसद रेशम चौधरीलाई सपथ नगराएको विषयमा सांसद साहले उक्त अभिव्यक्ति दिएका हुन्।

उनले भने,‘ मुलुकमा धेरै मान्छे मारेर प्रधानमन्त्री र सभामुख भएका छन् । अपार मत ल्याउदा ल्याउदै पनि रेशम चौधरीलाई किन सपथ गराइदैन। '

सांसद साहले बोलेपछि नेकपाका सांसदहरुले नियमापत्ति गरेका थिए। बैठकमा उपसभामुख शिवमाया तुम्बाहाम्फेले चलाइरहँदा विशेष समय बोल्दै सांसद साहले उक्त अभिव्यक्ति दिएका थिए।

उपसभामुखक तुम्बाहाम्फेले सांसद साहको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिएकी थिइन्। त्यसको विरोध गर्दै सांसद साहले आफूले के गल्ती गरेकाले उक्त अभिव्यक्ति हटाउन लगाइएको भन्दै प्रतिप्रश्न गरेका थिए।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै