• २०८३ जेठ ११ सोमबार

पत्रकार ऋषि धमला रौतहटबाट चुनाव लड्ने

पत्रकार ऋषि धमला रौतहटबाट चुनाव लड्ने

काठमाडौँ । पत्रकार ऋषि धमला रौतहटबाट चुनाव लड्ने भएका छन् ।

पत्रकार धमलाले आफु रौतहटबाट उम्मेदवार बन्ने बताउदै आफुले चलाउदै आएको 'जनता जान्न चाहन्छन्' भन्ने कार्यक्रम नचलाउने बताएका छन् ।

उनले आफ्नो अन्तिम कार्यक्रममा आफुले कार्यक्रममा सधै जनताका कुरा गरेको बताए । अब आफु जनताको बीचमा गएर काम गर्ने बताउदै टेलिभिजन कार्यक्रम छोडेको बताएका छन् ।

धमला प्रभु शाह नेतृत्वको आम जनता पार्टीबाट चुनाव लड्न सक्ने बुझिएको छ । उनी केहि दिन अघि आम जनता पार्टीको कार्यक्रममा समेत सहभागी भएका थिए । उनले रौतहटको कुन क्षेत्रबाट चुनाव लड्ने भने बताएका छैनन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै