• २०८१ बैशाख ८ शनिबार

जिम्बाबेको राष्ट्रपतिमा मान्गाग्वा विजयी, विपक्षी दलहरुद्वारा परिणाम अश्विकार 

kharibot

हरारे। जिम्बाबेको राष्ट्रपतिमा सत्तारुढ जानु–पिएफ पार्टीबाट उम्मेदवार रहेका वर्तमान राष्ट्रपति इमर्सन मान्गाग्वा विजयी भएका छन् । पूर्व राष्ट्रपति रोबर्ट मुगाबेको लामो शासनकालपछि भएको पहिलो निर्वाचनमा इमर्सनको दलले संसदमा समेत बहुमत प्राप्त गरेको छ । 

मान्गाग्वाले ५०.८ प्रतिशत मत प्राप्त गरेका थिए । उनका विपक्षी नेल्सन चामिसाले ४४.३ प्रतिशत मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । तर विपक्षीहरुले मतदानमा धाँधली भएको भन्दै अदालतमा मुद्दा दायर गर्ने वा सडकमा प्रदर्शन गर्ने तयारी गरिरहेका छन् । 

मतदानको दिन शान्तिपूर्ण रहेपनि गत बुधबार मतदानमा धाँधली भएको खबर फैलिएसँगै एकाएक हिंसा भडकिएको थियो । हिंसात्मक झडपका कारण तीन जनाको मृत्यु समेत भएको थियो । 

नवनिर्वाचित राष्ट्रपति मान्गाग्वाले ट्वीट गर्दै भनेका छन्, “चुनावताका हामी विभाजित भयौं होला, अब हामी समृद्ध जिम्बाबे बनाउने सपना पूरा गर्न एक भएका छौं । यो नयाँ सुरुआत हो । हामी हात मिलाऔं, नयाँ जिम्बाबे निर्माण गर्न शान्ति, एकता, प्रेम र भातृत्व कायम गरौं ।” 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै