• २०८१ बैशाख ८ शनिबार

कानुनमन्त्रीमा भानुभक्त ढकाल नियुक्त

kharibot

काठमाडौँ।  प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनमन्त्रीमा भानुभक्त ढकाललाई नियुक्त गरेका छन्।  

बंगलादेश चिकित्सा शिक्षा पढ्ने विद्यार्थीका बारेमा गलत अभिव्यक्ति दिदा विवादमा परेर तत्कालिन कानुनमन्त्री शेरबहादुर तामाङले गत साउन ८ गते राजीनामा दिएका थिए।   

कानुनमन्त्रीमा नियुक्त भानुभक्त ढकाल वि.सं. २०१८ सालमा आमा विष्णुमाया र बाबु कुलप्रसाद ढकालको कान्छो छोरोको रुपमा जन्मिएका हुन् । सानो उमेरदेखि नै विद्यार्थी राजनीतिमा सक्रिय रुपमा लागेका उनी हालै सम्पन्न निर्वाचन मोरङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सांसद् सदस्यमा तत्कालिन नेकपा एमालेका तर्फबाट विजयी भएका हुन् । उनले आफ्नो प्रतिद्वन्द्वीलाई १९ सय सात भोटले पराजित गरेका थिए । 

त्यस्तै प्रधानमन्त्री ओलीले भूमिव्यबस्था मन्त्रीमा पद्मा अर्याल नियुक्त गरेका छन्। अर्याल यसअघि स्वास्थ्य राज्यमन्त्री थिईन । 

दुवैको ४:३० बजे शपथ हुने बालुवाटार स्रोतले जनाएको छ। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै