• २०८१ बैशाख १३ बिहीबार

एक दशकपछि पुनः अमेरिकी माटोबाटै नौ जनालाई अन्तरिक्ष यात्रामा पठाउने नासाको घोषणा

kharibot

अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था (नासा)ले आगामी वर्ष बोइङ सीएसटी १०० र स्पेस एक्स क्रु ड्रागनबाट नौ जना अन्तरिक्ष यात्रीहरु अन्तरिक्ष यात्रामा निस्किने घोषणा गरेको छ । शुक्रबार स्पेस एजेन्सीले उडानमा सहभागी हुने सदस्यहरु दुई नयाँ क्याप्सुलको परीक्षण उडानमा सहभागी हुने टेक्सासको जोनसोन स्पेस सेन्टरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । 

योसँगै नासाले करिब १० वर्षपछि अमेरिकाबाटै मानवसहितको अन्तरिक्ष उडान प्रक्षेपण गर्ने तय भएको छ । दुई स्पेस कम्पनीको पहिलो व्यावसायिक परीक्षण उडानमा अन्तरिक्षयात्रीहरु एरिक बोय, क्रिश फर्गुसन, निकोलो उनापु म्यान, बाब बेनकेन, डफ हर्ले, जोस क्यासाडा, सुनि विलियम्स, भिक्टोर ग्लोभर र माइक होप्किन्स हुने बताइएको छ । यीमध्ये क्यासाडा र म्यानको पहिलो अन्तरिक्ष उडान हुने जनाइएको छ । 

यदि यो उडान भए अमेरिकी अन्तरिक्ष अनुसन्धानको मुख्य टर्निंग प्वाइन्ट हुनेछ । सन् २०११ यता अमेरिकी भूमिबाट कुनै पनि मानवसहितको यान प्रक्षेपण भएको छैन । 

दुवै बोइंग र स्पेस एक्सको मिसन परीक्षणसँगै सुरु हुनेछ । त्यस्तै बोइंगका लागि एरिक बोइ, क्रिश फर्गुसन, निकोलो म्यान २०१९ को मध्यतिर केन्नेडी स्पेस सेन्टरबाट प्रक्षेपित हुनेछन् । उक्त परीक्षणमा क्रुहरुले पृथ्वीमा फर्किनुअघि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा अवतरण गर्नेछन् । 

त्यसपछि बोइंगले जोश क्यासाडा र सुनी विलियम्सलाई आईएसएस (अन्तर्राष्ट्रि अन्तरिक्ष स्टेसन)मा पठाउनेछ । जहाँ उनीहरु बाँकी मिसनका लागि रहनेछन् र पछि पृथ्वीमा फर्किनेछन् । 

त्यस्तै, स्पेस एक्सका लागि भने अन्तरिक्षयात्रीहरु बब बेनकेन र डग हर्ले हुनेछन् जो केन्नेडी स्पेस सेन्टरबाट २०१९ को अप्रिलमा प्रक्षेपित हुने नासाले जनाएको छ । 

बोइंगको परीक्षण प्रक्षेपणअन्तर्गत क्रु ड्रागन स्वचालित रुपमा आईएसएसमा अवतरण गर्ने र पुनः पृथ्वीमा फर्किनेछ । त्यसपछि स्पेस एक्सले अन्तरिक्षयात्रीहरु भिक्टोर ग्लोभर र माइकल होप्किन्सलाई आईएसएसमा अर्बिटिंग ल्याबमा मिसनमा खटाउनेछ । 

शुक्रबार बोल्दै केनेडी स्पेस सेन्टरका निर्देशक बब काबानाले आफूहरु अब रसियाली साथीको सहयोगविनै आईएसएसमा पुग्न सक्ने भएको बताए । 

यता बोइंगले यो वर्षकै अन्त्यतिर परीक्षण प्रक्षेपण गर्ने योजना भए पनि अब २०१९ मै पहिलो परीक्षण प्रक्षेपण गर्ने जनाएको छ । परीक्षणका क्रममा केही समस्या देखिएपछि उसको योजना पछि सरेको हो । दुवै कम्पनीले परीक्षण प्रक्षेपणका लागि विभिन्न क्याम्पहरु आयोजना गरिरहेका छन् । 

नासाले पहिलो स्पेस शटल, स्पेस शटल कोलम्बिया (एसटीएस १), सन् १९८१ को अप्रिल १२ मा केन्नेडी स्पेस सेन्टरबाट प्रक्षेपण गरेको थियो । 

त्यसपछि उक्त प्रोग्राम २०११ मा टुंगिएको थियो । त्यसपछि भने अमेरिकी अन्तरिक्ष यात्रीले रुसी मोडुलको सहायतामा आफ्ना अन्तरिक्ष यात्री स्पेसमा पठाउँदै आएको थियो । 

उक्त परीक्षण प्रक्षेपणसँगै नासाले मानवसहित यान प्रक्षेपणको मिति पनि नजिकिँदै आउनेछ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै