जिन्दगीको उर्वर समय राजनीतिमा बिताएकी सीता 

खरीबोट

काठमाडौं । २०१४ सालमा हालको काँस्की लेखनाथ महानगरपालिका पुनरचोर १९ मा आमा रेवती र बुबा कृष्णप्रसाद पौडेलको साईली सन्तानको रुपमा सिता पौडेलको जन्म भएको हो  । संघर्षमय बाल्यकाल भएको बताउने सिता आर्थिक हिसाबले कुरा गर्दा लाउने, खान तथा आधारभुत आबश्यकता पुरा गर्न पुग्ने खालको पारिवारीक पृष्ठभुमी थियो उनीहरुको । भन्छिन् “त्यतिबेलाको समयमा धनी किसान भन्दा फरक नपर्ला  ।    ”

ठूली आमाबाट सन्तान नभएपछी बुबाले आफ्नी आमासँग बिवाह गरेको बताउने सिता ठूली आमाबाट धेरै दुख पाएको अनुभव सुनाउँछिन् , भन्छिन् “ आर्थिक हिसावले परिवारको अबस्था राम्रो थियो तर ठूली आमाको ब्यवहारले धेरै दुख दिएको थियो ।” आमाको दोस्रो बिवाह भएको कारण तल्लो जातमा झरेको भन्ने त्यो समयको त्यो मान्यताको कारण आफुरुले धेरे दुख पाएको उनी सम्झिन्छिन्  । ५ वर्षको उमेरमा आमाको पहिलो पटक बिवाह भएको र १५ वर्ष उमेर नपुग्दै बुवाको मृत्यु भएपछि आमाको १९ वर्षमा पुन बिवाह गरेको कारण आमाको जात तल झरेको भनिन्थ्यो उनी सम्झिन्छिन्  ।

ठूली आमाको माईती तीर पनि  छोरा नभएको कारण ठुली आमालाई माईतीबाट धेरै सम्पती बकस दिएका थिए जसले गर्दा सिताको बुबालाई हजुरबुवाले अंश दिनु भएन्  । आमाको दोसा्र बिबाह भएको कारण जैशि हुनु भयो जसले गर्दा सिताकी आमा भान्सामा जान जान पाउँनु भएन् रे  त्यसले सिता अहिले सम्झिन्छिन्“ मेरो जीवन सुरुवातीबाटै संघर्षमय भयो ”

घरमा छोरा कमि भएको र सिताकी आमाको पनी लगातार ४ छोरीको जन्म भएपछी  समाज र परिवार सबैले  उनीहरुलाई हेप्न थाले । अर्कोतिर ठूली आमाको बकसको सम्पतीमा बसाई ठूली आमाले पटक पटक मेरो बाउँको सम्पती हो खान पाउँदैनौ भन्नेर छुट्याईदिने गरेकाले धनी अभएर पनि खान नपाउँने अबस्था सम्म आयो उनको परिवारमा । 

घरभित्रै सिकुवा तथा पाली बारेर सम्म बसेको सम्झना उनलाई । ठूली आमाको कारण खानै नपाएको अबस्था समेत झेलेको उनी सम्झिन्छिन् भन्छिन्“ ठूली आमाबाट थाहा भयो सौतेनी आमाले साँच्चै राम्रो ब्यवहार गदैन्न् भन्ने कुरा । ”

परिवार धनाढ्य भएता पनि कुनै दिन आमाले अरुको घरमा गएर धान कुटिदिए बापत कनीका ल्याउनु भएको र पकाएर छाक टारेको त्यो क्षण अझै यादगार छ उनको मानसपटलमा । तर जब उनको भाई जन्मियो उनका हजुरबुवाले छोरालाई नभएर नातीलाई  अंश भनेर जन्मेको ५ दिनमै अंश दिलाई दिए  । भाई जन्मेपछि अंश पाए पश्चात लाउन , खानकै लागी उनकी आमाले दुख गर्नु परेन्  । आफ्नै खेतिपातीबाट खान पुग्थ्यो  । तर समस्या के भयो भने आफ्नै खेतमा ८० ÷ ९० मुरी धान फल्दा ठूली आमाले संगै राख्ने  र ६ महिनामै सबै धान सकियो भन्दै पटक . पटक छुट्याउने र मिसाउनाले उनीहरु आजित भएका थिएरे भन्छिन्“ उदण्ड स्वभावकी ठूली आमाले कहिले छुट्याउने  र कहिले संर्ने राख्ने गर्नाले धेरै धान फल्दा पनी ६ महिना सम्म मात्र खान पुग्थ्यो  ।”

आफुहरुलाई भान्सामा छुनै नदिँदा आफुलाई धेरै रिस उढ्ने र घरमा कोहि नभएको मौका छोपेर भात पकाएको भाडा छोईदिने गरेको उनी बताउँछिन् भन्छिन्“ भान्सामा पस्नै नपाएपछि कोहि नभएको मौका छोपेर खाना छोईदिन्थे । ” यसबाट पनि बुझ्न सकिन्छ उनी सानैबाट बिद्रोही स्वभावकी थिईन्  । अझ भनौ उनले आफ्नै  घरबाट ४- ५ वर्षकै उमेरबाट बिद्रोह सुरु गरेकी थिईन्  । पालीबारेर बसेकोबेला भाई जन्मिदा घरमा एक माना चामल समेत नभएको र रिसले ठुलीआमा ७ दिन सम्म घर नआएको त्यो क्षण यादगार छ उनलाई ।  पछि मामाघरबाट पनि  आमालाई जग्गा दिएपछि उनीहरु खानकै समस्या सधैको लागि दुर गयो  । 

संघर्षशील बाल्यकाल बिताएकी सीताले १२ वर्षको उमेरमा ३ कक्षाबाट आफ्नो अध्ययन सुरु गरिन्  । स्कुलको सुरुवाती समयमा काकाको छोराले अर्को विद्यार्थीलाई कुटेको र आफ्नो दोष आएको र सजाएको भागिदार हुनुपरेपछि उनी पुन स्कुल जान मान्दिन्नन  कारण बिनाकारण सजायको भागीदार बन्नु नै थियो उनले भनीन् । ”  “बिद्रोही स्वभावले फसाउँछ भन्थे सायद त्यै भयो ” उनले भनीन् । 
    
दाइले गाउँभरीका केटाकेटीलाई पढाउँने र एकदिन आफुपनि भाईबोकर जादाँ कखरा सिकाएको ठाउँमा सबैलाई सोध्दा कसैलाँई नआएको र आफुले सबै भनेको कारण सबैलाई कुट्न लाउनु भयो रे । त्यो दिनबाट उनकी दिदिले डिस्टर्प हुन्छ भनेर त्यहाँ जानै दिनु भएन् रे उनलाई तर जब उनीहरु ०२२ सालमा चितवन आए त्यसको दुई वर्षपछि मात्र उनले स्कुलजाने मौका पाईन्न् र स्कुल जान नदिने भए भात खान्न भनेपछि बल्ल स्कुल जान सुर गरेको अनुभव उनले सुनाईन्  ।

चितवन झरेपछिसंगैको बसाई आफु बुझने भएको  र ठूली आमाको उमेर पनी बढ्दै गएकोले आफुले माया गर्न थालेको उनले बताईन् तर सौतेनी आमाको रुपमा ठूली आमाले  आफ्नो अाँखा बन्द नभयसम्म दुख दिएको उनले बताईन्  । तर पनि ठूली आमाको धेरै माया लाग्थ्यो उनले भनीन् । बैनी र आफ्नो समेत  ४ कक्षामा भर्ना गर्न बुबाले पठाएपछि उनले बाटोभरी सोच्दै गईन, ४ मा भर्ना हुँदा फेल भए पढ्न पठाउँदैनन् लागेर बैनीलाई ४ कक्षा र आफु ३ कक्षामा भर्ना भईन्  । भन्छिन्“ फेल  भए पढ्न पाईदेन् भनेर बैनीलाई ४ कक्षा र आफु ३ कक्षामा भर्ना भए  ” उनले भनीन्  । यो पनी उनको जीवनको एक अबिस्मरणीय घटना हो  ।
    
उनी ७ कक्षामा पढ्दै गर्दा विद्यार्थी आन्दोलन सुरु भईसकेको थियो  । उनी पढेको स्कुलमा पनी ठुलो चुनाव भयो  । मण्डले  र प्रगतिशिल विद्यार्थीहरुको बिचमा । स्कुलका फस्ट तथा सेकेण्ड विद्यार्थीलाई लिएर  स्कुलमा संगठन बिस्तार गर्ने काम सुरु भयो । उनको कक्षाबाट उनी र फस्ट ब्वई चुनीए यहि स्कुलमा ७ कक्षा पढ्दै गर्दा उनले विद्यार्थी राजनीति सुरु गरीन्  । १२ वर्षका उमेर स्कुल भर्ना भएर १३ वर्षको उमेरमा ४ कक्षा, १४ वर्षमा ७ कक्षा र १५ वर्षमा उनी ८ मा पढ्ने भईन् तर उनको विद्यार्थी संगठनमा सक्रिय भईसकेकी थिइृन्  । 

सानै उमेरबाट राजनीतिमा सक्रिय उनी बुर्जवा शिक्षा बहिस्कार र पढ्ने भन्दा पंचायतकाल फाल्ने कुरा बढी महत्वपुर्ण ठानेर उनले आई्ए गरेर पढाई छोडी पुर्णरुपमा सक्रिय राजनीतिमा होमिईन्  ।

महिला आन्दोलनको सुरुवात 

७ कक्षा पढ्दै गर्दा सक्रिय राजनीतिमा होमिएकी सिता राजनीतिक आन्दोलन भन्दा महिला आन्दोलन  २३ वर्ष जेठो भएको बताउछिन्  । १९७४ मा नारी जाग्रिती संघ सिराहमा संगठन बन्यो  र तर यसले लामो समय सम्म काम गर्न पाएन कारण भने राणा दमन थियो  । १९७५ देखी १९९८ सम्म योगमाया न्यौपानेको नेत्रृत्वमा धार्मीक, समाजीक सुधारको उदेश्यबाट आन्दोलन सुरु भयो  । श्लोकको लयमा प्रवचन गर्ने र समाजमा भएका अन्याय र अत्याचारको बिरुद्धमा हुन्थ्यो  ।समाजमा विभेद छ, महिला, किसान, जातीय छुवाछुत, साना.ठूला मानापाथी ज्याला दिईन्छ । भन्ने लागायत समाजका सम्पुर्ण बिकृती, विसंगतीमा प्रवचन दिएपछि सबै झुम्मिन्थे, जसको कारण उनका धेरै अनुयायी र समर्थक धेरै बने र बन्दै गए । 

१९९९ देखी   २००३ सम्म ठाउँ ठाउँमा महिला समुह  गठन गदै राणम बिरुद्ध आन्दोलन र महिलाका  शिक्षा, राजनीति , मताधिकार लगाएतका माग राखेर धेरै संस्थाहरु अस्तीत्वमा देखिए । त्यसपछि २००४ नेपाल महिला संघ र नेपाली कांग्रेसको गठन भयो । राणा बिरोधी आन्दोलन चर्किदै गयो  । काठमाण्डौँमा महिला संगठन नभएको र आबश्यकता महशुस गरी  पिकनिक गएको समयपारी महिला संगठन बनाए । जुन नेपाल महिलासंघको नामले राखियो  । जहाँ मंगलादेवी अध्यक्ष,  साहना प्रधान , साधन अधिकारी सबै सहभागी भएर संख्यामा थोरै भएपनी गुणस्तरीय सहभागीता भयो  र आन्दोलनमा होमिए, गिरफ्तारी र याताना समेत भोगे  । साहना प्रधानले राणाहरुको बिरोधमा त्रिपुरेश्वरदेखी रानी पोखरी सम्म  उल्टो हिडेर समेत बिरोध गरेका थिए  । 

२००६ सालमा कम्युनिष्ट पार्टी बन्यो । कम्युनिष्ट पार्टीले एकदम छिटो संगठन बिस्तार गर्ने  र आन्दोलन चर्काउन  कम्युनिष्ठ पार्टीको ठुलो भुमिका रह्यो  । कांग्रेस, राजा, राणा र ईण्डियालाई नेपाल कम्युनिष्ठ पार्टीको  उपस्थिती टाउँको दुखाई बन्यो  । ईण्डियाले कांग्रेस , राणा र राजालाई बोलाएर आन्दोलन रोक्ने सम्भौता गराए । आन्दोलन नरोके नेत्रृत्व कम्युनिष्ट पार्टीले गर्छ र नेत्रृत्वमा जान्छ भने  । 

सम्झौतामा देशको सुरक्षा, सिमा, ब्यापार , हातहतियार र नेपालको सिमा समेत भारतको हुनेगरी सम्झौता गराए, यतिमात्र नभएर सेना ल्याएर समेत राखे । जुन कुरा हाल सम्मपनी कतीपय ठाउँमा कायमै छ  ।  त्यो बेला कम्युनिष्ट पार्टीले राष्ट्रियता बिरुद्ध गरेको सम्झौता बिरुद्ध राष्ट्रियताको रक्षाको  खातीर  सबैतिर संगठित भएर लाग्न आह्वान गदै पर्चा छर्र्यो  । जुन कुरा नेपाल महिलासंघमा पनि एजेन्डा बन्यो  । राष्ट्रघाती सम्झौता गर्ने कि बिरोध गर्ने भन्नेमा कुरा उढ्यो  ।

त्यतिबैलै नेपाली कांग्रेसको निम्तोमा जवारलाल नेहरु काठमाण्डौँ आउन लागे । त्यो बेला नेपाल महिलासंगले एयरपोर्टमा नै बिरोध स्वरप कालो झण्डा देखाउने योजना बनाए । तर झण्डा देखाउने दिन महिला संघकी अध्यक्ष मंगलादेवी सिंह गईनन  । जहाँ कामक्षादेवीले आन्दोलनको नेत्रृत्व गर्नुभयो  । तर मंगलादेवी विरोध कार्यक्रममा नआउनु र उनीहरुको रात्रि भोजमा सहभागी भएपछि महिला संघमा ठूलो विवाद भयो, र अन्तत संघ फुट्यो  । नेपाली कांग्रेसलाई समर्थन गर्नेहरु नेपाल महिला संघ र २००८ साल फागुनमा कम्युनिष्ट पार्टी , मार्क्सवादलाई समर्थन गर्ने महिलाहरको संगठन अखिल नेपाल महिला संघ गठन भयो । 

२०१५ सालमा चुनाव हुँदा ५ जना महिला उम्मेद्धार भएको र नेपाली कांग्रेसकी  द्धारीकादेवी ठकुरानीले चुनाव जितीन्  र स्वास्थ्य सहायक मन्त्री समेत भईन्  । जहाँ कम्युनिष्ट पार्टीले ४ सिट र ७१ सिट नेपाली कांग्रेसले जितेको थियो  ।२०१९ सालबाट पार्टी फुट्न थालेपछि खासै महत्वपुर्ण आन्दोलन हुन सकेन्  ।  २०३७ सालमा मालेको पहलमा लिगेसीलाई जोडेर अनेमसंघको स्थापना २००८ लाई मानेर पुनार्गठन गरीयो  । र त्यसको ५ वर्षपछि सिता आफै केन्द्रिय कमिटीमा पुगिन् । पुर्नगठनमा शान्ता मानवी अध्यक्ष,  राधा ज्ञवाली  सचिव , स्वस्ती बज्राचार्य कोषाध्यक्ष , शारदा कोइराला , सन्जिता राहुल लगाएतको ७ जनाको कमिटी बन्यो  । २०४२ देखी ४६ साल सम्ममा धेरै संगठन बिस्तार गर्ने र  सदस्यता बितारण गर्ने र खुल्ला आन्दोलन सम्म र जुलुस निकाल्ने सम्मको काम अनेमसंघले गर्यो  । त्यसपछि आयोजक कमिटि बनेर २०५४ फागुनमा चौथो राष्ट्रिय सम्मेलन आयोजक कमिटी बन्यो , जहाँ वर्तमान राष्ट्रपति विद्या भण्डारी सम्मेलन समितकिो आयोजक र सिता सम्मेलन समितीको सचिव बनेर २०५५ सालमा सम्मेलन गरी विद्या भण्डारी अध्यक्ष  र सिता महासचिव भईन् । ०६२ सालको सम्मेलनमा पुन विद्या भण्डारी अध्यक्ष र उनी महासचिव भईन्  ।  ०६९ सालमा छैटौँ  राष्ट्रिय सम्मेलन गरे पश्चात गोमा देवकोटा अध्यक्ष र  सिताले अनेमसंघको उपाध्यक्षको भुमिका निभाउँदै आएकी छिन्  । 

कसैको बिरोध वा समर्थन गर्नु नै राजनीति हो ।  

१४ वर्षको उमेरदेखी राजनीतिमा सक्रिय हुदै आएकी सिता, राजनीतिलाई समाज अधोगती र समाज परिवर्तनको बाहकको रुपमा बुझ्न मन पराउँछिन्  । अझ भनौँ कसैको समर्थन वा विरोध गर्नु राजनीति हो ।  पढ्न , लेख्न, बोल्न पाउनु पनी राजनीति नै हो , त्यसैले “कसैको समर्थन वा विरोध गर्नु नै राजनीति हो ”उनले भनीन् । त्यस्तै अर्को शब्दमा भन्दा समाजको अधोगती र परिवर्तनको सम्वाहकको रुपमा समेत राजनीतिलाई बुझ्न सकिने उनको भनाई छ , उनी अझै थप्छिन् राजनीति भनेको राज्यको नीति हो , जसले देश र समाजमा नियन्त्रण र संतुलन कायम गर्छ  ।
 
रुसमा जारको नेत्रृत्वमा हुँदा नाताले दुख पाएका थिए भने लेलीनको नेत्रृत्वमा सरकार जादा जनताले सुख पाए आखीर दुबै राजनीति नै थियो  । रुसमा त्यतिबेला जती महिला आयामको जीवनको हरेक क्षेत्रमा  सहभागीता भयो अन्त अहिले सम्म नभएको उनले दावी गरीन्  । 

राजनीतिमा नयाँपुस्ता निश्क्रिय :

सानै उमेरदेखी विद्यार्थी राजनीतिमा सक्रिय रुपमा लागेकी सितालाई वर्तमान राजनीतिमा नयाँपुस्ताको सक्रियता नभएको वा कम भएको महसुस नभएको हैन् । तर त्यसमा ३ कुरालाई उनी जोड दिन्छिन्  । 

भन्छिन् बिगतमा अनेमसंघले स्कुलहरुमा गएर संगठन बनाउँने भएकाले राजनीतिको शिक्षा हुन्थ्यो ,  बिचमा सबै संगठन सक्क्षम छन् भन्ने लागेर  संगठन बनाउँन छोडीयो  । जसले गर्दा  विद्यार्थी क्षेत्रमा राजनीतिले प्रवेश पाएन् , बिगतमा क्रान्तिको लागि उम्रेदेखी खुम्म्रे सम्म काम लाग्छन् भन्ने गरीन्थ्ये तर अहिले नेताका  छोराछारी राजनीतिमा नआउँने , नपठाउँने , राम्रा, राम्रा स्कुल, कलेज पढ्नुपर्ने ,  संगठनको सदस्यता नलिने देखेपछि सर्वसाधारणले त्यो महशुस गर्न पाएन्न्  , देशको आबश्यकता र माटो सुहाउँदो शिक्षाको अभाव भएको कारण , पढ्नुपर्छ, धेरै नम्बर ल्याउनुपर्छ भन्ने सोचाई भएको कारण, प्राबिधिक शिक्षाको अभाव र सरकारी कर्मचारी हुनेमात्रको पढाई, अस्थिर सरकार  र विकास के हो भन्ने महसुस गर्न नपाएपछि नयाँ पुस्तामा राजनीतिप्रती बितृष्णा आएको उनको भनाई छ  । 

२०४८ सालदेखी ७० साल सम्म  सरकार परिवर्तन भको भै भए  । राजनीतिले यो परिवर्तन गर्यो , यस्तो विकास भयो  , भन्ने महशुस गर्न पाएन्न् , जुन खर्तनाक हो । समाजको अगुवाई गर्नुपर्ने युवाहरुलाई राजनीतिप्रती विमुख बनाइदियो , भोली दक्ष जनशक्ति बन्ने युवालाई राजनीतिप्रती चासो नहुँनु राम्रो होईन् , उनले भनिन् । कुर्सी कै लागि खुट्टा तान्ने प्रवृतीदेखेर युुवाहरु वाक्क दिक्क भएका छन्  ।

तर नेकपाको दिर्घकालीन सरकार बनेको छ । यसले युवाहरुमा सकारात्मक प्रभाव पार्नेपर्छ उनी भन्छिन् , केहि गरेर देखाउँने मौका आएको कारण ५ वर्ष सम्म पनि केहि गरेनन् भने कान समाउनु पर्छ , तर आशा र भरोसा दुबै छ नेकपाको सरकारले ५ वर्ष सम्ममा सबैको मन , मुटुलाई जित्ने गरी काम गर्न सक्छ , यसमा म आशा र भरोसा दुबै ब्यक्त गर्छु उनले भनीन्  ।

युवालाई  राजनीतिमा अनकर्षित बनाउँनै युवा  आबश्यकताका कुरा, चाहाना, पुरा गर्न  राज्यले सकारात्मक कदम चाल्न सक्नुपर्छ । युवाको लागि शिक्षादिक्षा , तालिम , रोजगार , शैक्षिक वातावरण निर्माण , योग्यता अनुसारको प्राबिधिक शिक्षा लगाएतका सबै कुरामा सरकार लागि पर्नुपर्छ , नत्र देश वर्बाद हुन्छ  । नेतृत्वमा नयाँ पुस्तामा आउँनुपर्छ । यो भोलीको आबश्यकता र महत्व दुबै हो उनले भनिन् । 
    
सबै प्रकारका महिला हिंसाको अन्त्य गर्ने भनेर लेखिएको छ, कानुन समेत बनेको छ , कार्य क्षेत्रमा हुने हिंसाबिरुद्ध, आमाको नामबाट नागरीकता पाउने कुरा सबै संबिधानको हिसाबले हामी धेरै  शक्तिशाली भएका छौ, तर ती सबैलाई कार्यन्वयन गर्ने कानुन नबनी सकेको र बनेको कानुन समेत  प्रभावकारी कार्यन्वयन नभएको कारण समाजमा महिला हिंसा र हत्या र बलात्कार बढ्दै गएकोमा आफु धेरै दुखी भएको उनले बताईन्  । 
 
महिलाको अधिकार ५० प्रतिशत 
 
अनेमसंघको चौथो राष्ट्रिय सम्मेलनमा १४ बुदे कार्यक्रम पारित गर्दा त्यसको एउटा बुदामा राज्यको सम्पुर्ण क्षेत्रमा महिलाको ३३ प्रतिशत  सहभागीताको कार्यक्रम थियो । महिला संगठनहरुले यो विषयलाई महत्वका साथ उठाउँदै कन्सेफ्टचुयल क्लियारीटीका कुरा गोष्ठि , सभा  समेत राखियो  र ३३ प्रतिशत  आए भन्ने खालको हाँसोको पात्र समेत बनाएको तीतो यतार्थ पोखिन । केहिले अनेमसंघले ३३ प्रतिशत माग गरेर महिला आन्दोलनलाई होच्याए भन्नसम्म भ्याए , तर आफुहरुले ३३ प्रतिशतलाई भर्याङ्गको रुपमा ठड्यायर खुड्किलो पार गर्ने भन्ने थियो, उनी भन्छिन्  , 

०६२ - ६३ सालको आन्दोलनमा महिला संगठन र राजनीतिक दलका संगठनलाई लिएर  संयुक्त महिला संघर्ष समिती बनाई  १० वटा साझा मुद्धा बनाई ३३ महिला सहभागीतालाई लीएर ०६२ - ६३ सालको आन्दोलनमा मुद्धा बन्यो  । आन्दोलन सकियो तर महिलाको मुद्धामा वास्तै भएन् , तर संकल्प  प्रस्ताव पेश गर्ने तयारी भयो  । ७ वटा रानैतिक दलका १८ वटा जनवर्गिय संगठनका ४० जना प्रतितिधि बसेर छलफल गरी १८ वटा विषयमा संकल्प प्रस्ताव तय गरीयो र सबै लान नमिल्ने भएपछि पुन ४ बुदामा झारीयो उनले भनीन्  । जहाँ आमाको नाममा नागरीकता, सबै प्रकारका महिला हिंसाको अन्त्य , सबै असमान कानुन खारेज र राज्यका सम्पुर्ण क्षेत्रमा महिलाको ३३ प्रतिशत सहभागीता हुनुपर्छ  भनी संसदमा  पेस गरीयो  । 

एकहप्ता लामो समयको छलफलपछि  २०६३ साल जेठ  १६ गते यी चार बुदा राजनीतिक घोषणाको रुपमा पास भयो । अन्तरीम संबिधान महिलाका सबै मुद्धा समाबेश भयो । त्येतिबेला  ३३ प्रतिशत संबिधान सभाको उम्मेद्धारीमा मात्र लागु भयो  । जहाँ प्रत्यक्षबाट माओवादीका २४ जनाले प्रत्यक्षमा जितेका थिए ।  नयाँ संबिधानमा धेरै कुरा आए ।  ३३ प्रतिशत महिला संघीय संसद् ,  प्रतिनिधी सभा र राष्ट्रिय सभामा ३३ प्रतिशत भन्दा बढी छन्  भने  स्थानीय तहमा ४० प्रतिशत भन्दा बढी महिलाहरु छन्  । अन्तरीम संबिधान जारी भएपछि राष्टपति, उपराष्टपतिको चुनाव भयो , जहाँ महिला राष्टपति, सभामुख,  प्रधानन्यायाधीश महिला बने ।  निश्पक्ष भएर कुरा गर्दा यो सबैको श्रेय अनेमसंघलाई जान्छ उनले भनिन् । त्यसैले उनलाई लाग्छ “३३ प्रतिशत सानो दुखले आर्जेको हैन ।” ३३ प्रतिशतकै आन्दोलनको लागि दिनमा ५ पटक सम्म गिरफ्तारीमा परेको अनुभव छ उनीसंग । तर ३३ प्रतिशतमा टेकेर ५० प्रतिशत र समानताकै लागि लड्दै आएको उनको भनाईछ । 
 
सिता शिक्षिका पनि हुन् तर उनले ३५ सालदेखी पढाउँन सुरु गरेकी ०४६ सालको आन्दोलनमा बेतलवी बिदा लिएकी उनले पार्टीले फर्कने नदिएपछि राजीनामा दिईन्  । २०४४ सालदेखी नै पार्टीको जिल्ला कमिटीमा थिईन् ।  र पार्टीको पाँचौ राष्ट्रिय महादिबेशनपछि उनी  राष्ट्रिय परिषद सदस्य, अञ्चल कमिटी सदस्य हुदै नवौँ महादिबेशनबाट पार्टीको केन्द्रिय कमिटीमा निर्वाचित भईन्  र हाल कम्युनिष्ट पार्टीको केन्द्रिय सदस्यमा आबद्ध छिन् । 

विवाह गर्ने फुर्सद भएन 

बाल्यकालदेखि नै चतुर स्वभाव र स्कुलबाटै विद्यार्थी राजनीतिमा संलग्न रहेकी सीता अविवाहिता हुन् । घर परिवार सम्हाल्दै र राजनीति गर्दैमा उनको विवाहमा ध्यान गएन रे । भन्छिन्, ‘विवाहको प्रस्ताव र प्रेम प्रस्ताव दुवै आए तर विवाह गर्ने फुर्सद भएन । घरपरिवार सम्हाल्ने र राजनीतिले विवाह गर्ने सोचै आएन ।’

अबको बाटो 

देश र जनताको लागि काम गर्दै आएकी सीता बाचुन्जेल जनताकै हक, हित र अधिकारको लागि नै लडिरहने बताउँछिन् । तर पनि आजसम्मका सबै काम गौण नै रहेको र अब देखिने गरी केही काम गर्ने उनको लक्ष्य छ । अनेमसंघको जिम्मेवारी छोडेपछि वा जिम्मेवारी फेरि लिनुपर्ने भए संस्थाबाट नै देश र जनताको लागि काम गर्ने लक्ष्य उनले लिएकी छिन्  ।

दोस्रो जनआन्दोलनमा महिला आन्दोलनले जति योगदान गर्यो, अब देश निर्माण र समृद्धिमा योगदान गरी जनतालाई खुसी बनाउने गरी काम सुरु गर्ने उनको लक्ष्य छ । अबको कार्यक्रम महिलाको सामाजिक, सांस्कृतिक, शैक्षिक, राजनीतिक हिसाबले पुरुषसरह राज्यका हरेक क्षेत्रमा लैङ्गिक  समानतामा अधिकार प्राप्त गर्नेमा केन्द्रित रहने उनले बताइन् । 

सम्बन्धित समाचार

संगीतमा 'मन मगन' दीपक बज्राचार्य 

काठमाडौं । ‘समय गएको त पत्तै नहुने रहेछ । पहिलेका फाइलहरु, फोटोहरु पल्टाउँदा ओहो मैले यो पनि गरेको रहेछु भन्ने लाग्छ । त्यहाँ पनि पुगेको रहेछु भन्ने लाग्छ । हिजो

काष्ठकलामा निपूर्ण पूर्णलक्ष्मी 

काठमाडौं । छोरा मान्छेको तुलनामा छोरी मान्छेले अप्ठ्यारो काम गर्न सक्दैनन्, पुरुषको दाँजोमा महिलाले थोरै काम गर्ने भएकाले नै पछि पर्छन् भन्ने नेपाली भनाइलाई गलत साबित गरिदिने धेरै नारीमध्ये एक

व्यापारघाटा कम गर्न विशेष आर्थिक क्षेत्रको ठूलो भूमिका हुनसक्छ - डा.भट्ट, कार्यकारी निर्देशक, सेज

काठमाडौँ। नेपालको व्यापारघाटा अहिले उच्च र बढ्दो क्रममा छ । आयातको तुलनामा निर्यात एकदमै कमजोर रहँदा यस्तो अवस्था आएको हो । जेनतेन रेमिट्यान्सले नेपालको अर्थतन्त्र चलाएको छ भन्दा पनि फरक पर्दैन

मालीबाट मालिक बनेका तीर्थ !

काठमाडौँ। फूलैफूलको पर्व तिहार घरदैलोमा आइसकेको छ । दाजुभाइमा गलादेखि घरका तलासम्म कुन कुन फूल प्रयोग गर्ने भन्ने चटारो यतिबेला सबैलाई परेको छ । सकेसम्म राम्रा राम्रा फूलमालाले झलमल्ल पार्न सबै


z