• २०८१ बैशाख ७ शुक्रबार

अमिताभ बच्चनसँग अभिनय गर्छु भन्ने सपनामा पनि सोचेकी थिइन् - मौनी राय 

kharibot

मुम्बई।  अभिनेत्री मौनी रायले अमिताभ बच्चनसँग काम गर्न पाउनु सपना पुरा हुनु जस्तै भएको बताएकी छन्। 

हाल करण जोहरको फिल्म ब्रहमास्त्रको सुटिंग गरिरहेकी अभिनेत्री रायले अमिताभ बच्चनसँगको सुतिंग अनुभवका बारेमा कुरा गर्दै अमिताभसँग सुटिंग सकेपछि के गर्ने भन्ने आफुलाई सधै अन्योल भएको बताएकि छन्।  आफुले सपनामा पनि अमिताभ बच्चनसँग अभिनय गर्ने मौका पाउछु भन्ने नसोचेको बताएकी छन्। 

रायको यस फिल्ममा निगेटिभ भूमिका रहेको उनले बताएकी छन्।  मौनीले आफु फिल्मको एक मात्र भिलेन भएको बताएकी छन्।  मौनीले अक्षयकुमारसँगको फिल्म गोल्डमा अभिनय गरेकी छन्।  गोल्ड आगामी अगस्ट १५ मा रिलिज हुदै छ ।

ब्रहमास्त्रमा मौनी राय, अमिताभ बच्चनका अलावा रनबीर कपुर, आलिया भट्ट प्रमुख भूमिकामा रहेका छन्। 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै