• २०८१ बैशाख ४ मंगलबार

सम्झिन लायक जित र जितका हिरोहरु 

kharibot

तस्बीर : रमन शिवाकोटी

काठमाडौँ।  नेपाली क्रिकेटले शुक्रबार सधै भरी सम्झिन लायक जित हासिल गर्यो। नेपालले क्रिकेट खेल्न लागेको  भए पनि खेलाडीहरु लगनशीलता र आफै माथिको विस्वासले एकदिवसीय खेलमा जित हासिल गर्न सफल भयो।  

क्रिकेट संघ नहुनु, सरकार र सम्बन्धित निकायबाट त्यति चासो नदिनु जस्तो  परिस्थितिमा नेपाली क्रिकेटले हासिल गरेको सफलता अन्य कुनै देशसँग तुलना हुन सक्दैन।  अहिले नेपाली क्रिकेटलाई दुई वटा कुराले ड्राइभ गरेको छ। पहिलो खेलाडी र दोस्रो नेपाली फ्यानहरु। खेलाद को गिरेको मनोबललाई शायद नेपाली क्रिकेट प्रेमीहरुले टनिकको काम गरिरहेका छन्।  संघ प्रतिबन्धमा हुदा पनि क्रिकेटका अन्तर्राष्ट्रिय निकाय आइसीसी, एसीसी, अन्य क्रिकेट खेल्ने देशहरुले नेपालप्रति देखाएको चासो र सहयोगमा नेपालीहरुको क्रिकेट खेल प्रतिको माया, लगाव र  समर्थन नै हो। अर्को अर्थमा भन्ने हो भने अहिले नेपाली क्रिकेटलाई कसैले  बचाएको छ भने त्यसको जस नेपाली फ्यानहरुले नै र जान्छ।  

 लन्डनमा लर्ड्समा होस् या नेदरल्यान्ड्समा होस् नेपाली फ्यानहरु मैदानमा पुगेर नेपाली क्रिकेटलाई समर्थन मात्र गरेनन् खेलाडीहर लाई अगाडी बढ हामि साथमा छौ भन्ने सन्देश समेत दिए। यसले गर्दा नै लाई एकातिर राखेर आइसीसीजस्तो संस्थाले नेपाली क्रिकेटलाई निरन्तर आगाडी बढाउँन मद्धत गरिरहेको छ।   

नेदरल्यान्ड्समा नेपाली क्रिकेटले इतिहास बनाएको छ।  एउटा त पहिलो एकदिवसीय खेल खेलेर नयाँ इतिहास बनायो भने अर्को खेल जितेर नयाँ इतिहास बनाएको छ। 

पहिलो खेलमा ५५ रनको पराजय भोगेपनि क्रिकेटरले दोस्रो खेलमा १ रनको सनसनीपूर्ण जित हासिल गर्दै आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको सुखद सुरुवात गरेका छन् ।

दुई खेलम खेलाडीको प्रदर्शनको कुरा गर्दा सोमपाल कमी, कप्तान पारस खड्का, सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै नेपालको जितमा निर्णयाक भूमिका निभाए। 

सोमपालको कुरा गर्दा आठौँ नम्बरमा मैदान आएर उनले ४६ बलमा ६१ रनको जिम्मेवारपूर्ण पारी खेले । नेपाल संकटमा रहेको बेला सोमपालको त्यो पारी क्रिकेट प्रेमी, खेलाडीका लागि हैरान बनाउने किसिमको थियो। तर सोमपालले धेरै पटक यस्तो काम गरेका छन्।  त्यो राष्ट्रिय टिमका लागि होस् या डिपिएलमा होस् उनले ब्याटिंगबाट पनि टिमलाई योगदान गर्दै आएका छन् । 

नेपालका लागि पहिलो एकदिवसीय विकेट लिएर रेकर्ड बनाएका सोमपाल अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा नेपालबाट अर्धशतक बनाउने तेस्रो खेलाडी पनि बने र उनको ४६ बल खेलेको ६१ रन पारी नेपाली खेलाडीले अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा अहिलेसम्म बनाएको सबैभन्दा ठूलो स्कोर पनि बनेको छ ।

ब्याटिङमा जस्तै बलिङ्गमा पनि सोमपालले जादू देखाए । उनले दोस्रो खेलको पहिलो ओभरको दोस्रो बलमै नेदरल्याण्डसका खेलाडीलाई शून्य रनमा आउट गरेर नेपाललाई उत्कृष्ट सुरुवात दिलाए । १० ओभर बलिङ गरेका सोमपालले ४१ रन खर्चिएर १ विकेट लिए । 

पहिलो खेलमा एक विकेट मात्र लिएका सन्दीपले दोस्रो खेलमा कमब्याक गर्दै ३ विकेट लिएका थिए । नेदरल्यान्ड्सका ब्याट्सम्यान क्रिजमा जमिरहेको बेला सन्दीपले एक ओभरमा लिएको दुई विकेट नै शायद दोस्रो खेलको टर्निङ्ग प्वाइन्ट बन्यो। सन्दीपले ड्यानिएल डे ब्राक र वेस्ले वारेसीको मजबुत साझेदारी तोड्दै नेपालको पक्षमा खेल फर्काउन ठूलो योगदान गरे ।  समग्रमा सन्दीपले १० ओभरमा ४१ रन खर्चेर ३ विकेट लिए ।

दोस्रो खेलमा दीपेन्द्रसिंह ऐरीको भूमिका लाई बिर्सनु हुदैन । उनले ब्याटिङमा धेरै रन बनाउन नसके पनि बलिङमा भने उत्कृष्ट प्रदर्शन गरे। ऐरीले नेदरल्याण्ड्सका सर्वाधिक स्कोरर वेस्ले वारेसीलाई आउट गरेका थिए। ७१ रन बनाएर खेलिरहेका वारेसीलाई ३६औं ओभरमा एलबीडब्ल्यू आउट गराएर नेपाललाई विजयउन्मुख बनाएका थिए। ५ ओभर बलिङ गरेका दीपेन्द्र १ मेडन रख्दै १९ रन खर्चेर १ विकेट लिए । 

विगत दशक देखिने नेपाली क्रिकेट पारस खड्काको वरिपरि नै घुमिरहेको छ।  उनी सफल हुदा टिम सफल हुन्छ उनी असफल हुदा टिम हार्न पुग्छ।  नेदरल्यान्ड्ससँगका दुई खेल नै यसको उदाहरणको या प्रमाणको रुपमा हेर्न सकिन्छ।  पहिलो खेलमा पारसले १२ रन मात्र बनाउदा नेपालले १९० रन पनि चेज गर्न सकेन तर दोस्रो खेलमा पारसले अर्धशतक बनाउदा नेपाललाई खेल जित्न मद्धत गर्यो। उनको भूमिका टिममा यसै कुराले पनि कति छ भन्ने पुष्टि गर्दछ।  दोस्रो खेलमा पारसले ६९ बलमा ५१ रनको पारी खेले। उनले पाँचौ विकेटका रुपमा रोहित पौडेलसँग १६ रनको साझेदारी गरे भने आरिफ सेखसँग ४७ रनको साझेदारी गरेका थिए । उनको यो एकदिवसीय क्रिकेटमा पहिलो अर्धशतक भए पनि नेपाली टिमका लागि अर्धसतक बनाउने उनी दोस्रो खेलाडी बने। 

पारसको परिपक्क बलिङले नेपाललाई पहिलो जित दिलाएको हो । उनी अलराउण्डर भए पनि अन्तिम ओभरको खासै बलिङ्ग गर्ने गरेका थिएनन् । उनीसँग विकल्पको रुपमा ललित भण्डारी थिए तर पारसले आफैले सो चुनौती लिए । अन्तिम ओभरमा जितका लागि नेदरल्याण्ड्सलाई ६ रन मात्र आवश्यक थियो । उनले अन्तिम ओभरको पहिलो बलमा १ रन दिए, दोस्रो बल डट गराएका पारसले तेस्रो बलमा १ रन खर्चिए । चौथो बलमा २ रन खर्चिएपछि नेपाल झनै दबाबमा आयो । २ बल २ रन नेदरल्याण्ड्लाई चाहिएको थियो । पाँचौ बलमा उनले रन दिएनन् र अन्तिम बलमा नेदरल्याण्ड्सलाई जितका लागि २ रन आवश्यक थियो भने स्कोर बरबारी गर्न १ रन काफी थियो । कप्तान खड्काले फिल्डरहरुलाई ३० यार्ड भित्र राखेर बलिङ गरे । अन्तिम बल  फालेपछि उनैका हातमा बल आइपुग्यो र नेदरल्याण्ड्सका कप्तान पीटरलाई आउट गरेपछि नेपाली टिमले १ रनको ऐतिहासिक जित हासिल गर्यो र बन्यो सम्झिन लायक जित। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै