सन्दीप लामिछाने सिपिएल खेल्न वेस्ट इन्डिजतर्फ, पुरा प्रतियोगिता भने खेल्न नपाउने  

खरीबोट

काठमाडौँ।  नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने नेदरल्यान्ड्ससँगको ऐतिहासिक एकदिवसीय खेल पछि क्यारबियन प्रिमियर लिग (सिपिएल) खेल्न त्यसतर्फ प्रस्थान गरेका छन्। 

वेस्ट इन्डिजमा अगस्त ८ देखि सेप्टेम्बर १६ सम्म हुने सिपिएलमा सन्दीप सेन्ट किट्स एण्ड नेभिज प्याट्रोयट्सबाट खेल्दै छन् ।   

नेपाललाई पहिलो एकदिवसीय खेल जिताउन महत्वपूर्ण भूमिका निभाएका सन्दीपले आइपिएल, ग्लोबल टि-२० पछि तेस्रो फ़्रेञ्चाइज प्रतियोगिता खेल्दै छन्। सन्दीप खेल्ने टिम सेन्ट किट्स एण्ड नेभिज प्याट्रोयट्सका कप्तान कृष् गेल हुन् भने यस टिममा इभान लुइस कार्लोस ब्रेथवेट, बेन कटिंग जस्ता खेलाडी छन् भने यस टिमलाई वेस्टइन्डिजकै पुर्व खेलाडी फिल साइमनले कोचिङ्ग गरेका छन्।   

यद्यपि सन्दीपले सिपिएलको पुरा प्रतियोगिता भने खेल्न नपाउने भएका छन्।  आगामी अगस्ट २९ देखि नेपालले एशियन कप क्रिकेट क्वालिफायर खेल मलेसियामा खेल्ने हुनाले सन्दीपले सिपिएलका बढीमा ५ वटा खेल मात्र खेल्न पाउने छन्। नेपालले एशियन कप क्वालिफायरमा अगस्ट २९ मा ओमानको सामना गर्दै छ। क्वालिफायरमा नेपालसहित युएई, हङकङ, सिंगापुर, ओमान र घरेलु टोली मलेसिया भिड्दै छन् । क्वालिफायरको विजेताले एशियाकपमा भारत र पाकिस्तानको सामना गर्ने छन्।   

यसअघि पाचौ संस्करण सम्पन्न भएको सिपिएल प्रतियोगिता छैठौ पटक हुदै छ । सिपिएलमा ६ टिमको सहभागिता रहेको छ । जसमा बारबाडोस ट्रीडेन्टस, गुयाना अमेजन वारियर्स, सेन्ट लुसिया स्टार्स, जमैका टलावाह, ट्रिनवागो नाइट राइडर्स र सेन्ट किट्स एण्ड नेभिज प्याट्रोयट्स रहेका छन्। 

  

सम्बन्धित समाचार

सन्दीपको ३ विकेटका बाबजूद होबर्ट हरिकेन्ससँग मेलबर्न स्टार्स पराजित

बिग बास लिग २०१८–१९ अन्तर्गतको खेलमा होबर्ट हरिकेन्सले  मेलबर्न स्टार्सलाई ६ विकेटले पराजित गरेको छ । मेलबर्न स्टार्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५५ रनको स्कोर खडा गरेको थियो ।

प्रशंसकको गालीमा माया हुन्छ : सन्दीप लामिछाने

काठमाडौँ। “गल्ती सबैबाट हुन्छ र हामी गल्तीबाटै सिक्छौँ । सिक्नका लागि कुनै उमेर हुँदैन, हरेक घटनाबाट सिक्छौँ । गल्ती गर्दा म माफी माग्छु । असमझदारी पनि भएको हुनसक्छ, त्यसलाई हामी

सन्दीप लामिछानेको दोस्रो गीत 'भेटु कसरी' सार्वजनिक 

काठमाडौं । नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले आफ्नो पहिलो गीत एल्बम 'प्रतिक्षा' को दोस्रो गीत 'भेटु कसरी' सार्वजनिक गरेका छन् ।  यसअघि पहिल गीत 'उदास' सार्वजनीक गरेका सन्दीपले दोस्रो गीतमा राजन

सन्दीप लामिछाने एनसेल ‘स्टार हम्बल हिरो’मा आबद्ध

काठमाडौं। एनसेलले नेपाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा गर्ववान्वित बनाएका क्रिकेटर सन्दीप लामिछानेलाई आफ्नो ‘स्टार हम्बल हिरो’मा दुई बर्षका लागि आबद्ध गरेको छ । ‘स्टार हम्बल हिरो’ कार्यक्रम एनसेलले आफ्नो सपनाप्रति प्रतिबद्ध


z