• २०८१ बैशाख ८ शनिबार

सन्दीप लामिछाने सिपिएल खेल्न वेस्ट इन्डिजतर्फ, पुरा प्रतियोगिता भने खेल्न नपाउने  

kharibot

काठमाडौँ।  नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने नेदरल्यान्ड्ससँगको ऐतिहासिक एकदिवसीय खेल पछि क्यारबियन प्रिमियर लिग (सिपिएल) खेल्न त्यसतर्फ प्रस्थान गरेका छन्। 

वेस्ट इन्डिजमा अगस्त ८ देखि सेप्टेम्बर १६ सम्म हुने सिपिएलमा सन्दीप सेन्ट किट्स एण्ड नेभिज प्याट्रोयट्सबाट खेल्दै छन् ।   

नेपाललाई पहिलो एकदिवसीय खेल जिताउन महत्वपूर्ण भूमिका निभाएका सन्दीपले आइपिएल, ग्लोबल टि-२० पछि तेस्रो फ़्रेञ्चाइज प्रतियोगिता खेल्दै छन्। सन्दीप खेल्ने टिम सेन्ट किट्स एण्ड नेभिज प्याट्रोयट्सका कप्तान कृष् गेल हुन् भने यस टिममा इभान लुइस कार्लोस ब्रेथवेट, बेन कटिंग जस्ता खेलाडी छन् भने यस टिमलाई वेस्टइन्डिजकै पुर्व खेलाडी फिल साइमनले कोचिङ्ग गरेका छन्।   

यद्यपि सन्दीपले सिपिएलको पुरा प्रतियोगिता भने खेल्न नपाउने भएका छन्।  आगामी अगस्ट २९ देखि नेपालले एशियन कप क्रिकेट क्वालिफायर खेल मलेसियामा खेल्ने हुनाले सन्दीपले सिपिएलका बढीमा ५ वटा खेल मात्र खेल्न पाउने छन्। नेपालले एशियन कप क्वालिफायरमा अगस्ट २९ मा ओमानको सामना गर्दै छ। क्वालिफायरमा नेपालसहित युएई, हङकङ, सिंगापुर, ओमान र घरेलु टोली मलेसिया भिड्दै छन् । क्वालिफायरको विजेताले एशियाकपमा भारत र पाकिस्तानको सामना गर्ने छन्।   

यसअघि पाचौ संस्करण सम्पन्न भएको सिपिएल प्रतियोगिता छैठौ पटक हुदै छ । सिपिएलमा ६ टिमको सहभागिता रहेको छ । जसमा बारबाडोस ट्रीडेन्टस, गुयाना अमेजन वारियर्स, सेन्ट लुसिया स्टार्स, जमैका टलावाह, ट्रिनवागो नाइट राइडर्स र सेन्ट किट्स एण्ड नेभिज प्याट्रोयट्स रहेका छन्। 

  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै