• २०८१ बैशाख १२ बुधबार

सिद्धान्त र बिचार परित्याग गरेर पार्टी एकता हुन सक्दैन : राप्रपा सह-महामन्त्री गुरुङ 

kharibot

धनगढी । राष्ट्रिय प्रजातन्त्र पार्टीका सह-महामन्त्री चन्द्रबहादुर गुरुङले पार्टी एकताको नाममा  बिचार र सिद्धान्तलाई परित्याग गरेर पार्टी एकता हुन नसक्ने बताएका छन् । 

कैलालीको धनगढीमा शनिबार आयोजित राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको जिल्ला अधिबेशनको उद्घाटन गर्दै गुरुङले सिद्धान्त र निष्ठाको राजनितीबाट च्युत हुनेहरुले यसको महत्त्व बुझ्न नसक्ने समेत स्पष्ट पारे । 

राप्रपामा युबा पुस्ताको आकर्षण अहिलेको प्रमुख आबश्यकता भएको भन्दै बिचारका आधरमा सबैलाई गोलबद्द् गर्दै अगाडि बढ्नु अहिलेको प्रमुख कार्यभार रहेको बताए । कार्यक्रममा बोल्दै पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले आफ्नो धर्म,सस्कृती र गौरबशालि इतिहास प्रती गर्व गर्ने पुस्ताले मात्र आफ्नो स्वाभिमानको रक्षा गर्ने भन्दै नयाँ पुस्तामा देशभक्तिको भावनाको तिब्र जागरण आबश्यक भएको चर्चा गरे । 

शिक्षामा समानता हुन नसकेको , ब्यापारिकरण र माफियाकरण तिब्र रुपमा बढेको , आत्मनिर्भर र गुणस्तरिय शिक्षा नभएको भन्दै यसको अन्त्यको लागि लड्न विद्यार्थी संगठनलाई आग्रह गरे। राप्रपा समाप्त हुन तयार हुने तर सिद्धान्त त्याग गर्न नसक्ने उनको भनाई थियो । 

कार्यक्रममा ७ नम्बर प्रदेश अध्यक्ष श्याम शाही , नेताहरु हिक्मत भण्डारी ,जनक कुवर, ऋषि देबकोटा, महेश सिह, हुम बहादुर गुरुङ , पुर्ण चन्द , प्रेम बहादुर चन्द ,ललित जोशी लगायतले बोलेका थिए । कमल बम रजवारको सभापतित्वमा भएको कार्यक्रमको बन्द शत्रले अभिषेेक नाथ  लोकको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला कार्य समिती सर्बसम्मत चयन गरिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै