• २०८१ बैशाख ४ मंगलबार

एउटा अनुहार जसले एक अर्ब डलरको सुन्दरताको साम्राज्य खडा गर्यो  

kharibot

काठमाडौँ। फोर्ब्सले सार्वजनिक गरेको ‘अमेरिकाका सेल्फमेड महिला’नामक एक सूची अनुसार ६० धनीमध्ये ७ जना महिलाले सौन्दर्यका कारण आफ्नो भाग्य बनाएका छन् । ३४ वर्षीय व्यवसायी हुडा कट्टान उक्त सूचीको ३७औं स्थानमा छिन् । 

जागिरबाट विरक्त भएकी हुडाले सन् २०१० मा आफ्नो वेबसाइट हुडा ब्यूटीको सुरुवात गरिन् । इराकी मूलकी अमेरिकी नागरिक हुडाले उक्त वेबसाइटमा मेकअपका उपाय, छाला रक्षा गर्ने विधि, सुन्दरताका विधिआदि पोष्ट गर्न सुरु गरिन् । उनले भनिन्, ‘मैले सौन्दर्यको क्षेत्रमा म जतिको कोहीपनि ब्लगर देखिनँ ।’ उनले आफ्ना बहिनीहरू मोना र आलियासँग मिलेर सन् २०१३ मा कस्मेटिक ब्राण्ड हुडा ब्यूटी स्थापना गरिन् जसले सौन्दर्य सामग्रीको निर्माण तथा विक्री गर्छ । 

हुदाले एक पैसा खर्च नगरी आफ्नो उत्पादनको विज्ञापन गर्ने सोच बनाइन् । इन्स्टाग्राम आफ्नो व्यवसायको लागि परिवर्तनको विन्दु हुन सक्छ भन्ने उनले सोचिन् । ‘यो एक उत्प्रेरक थियो जसले व्यवसाय पूर्णतः परिवर्तन गरिदियो,’उनले भनिन्, ‘यसमा मानिस सञ्चारमात्र गर्दैनन्, यसबाट प्रभावित पनि हुन्छन् ।’अहिले इन्स्टाग्राममा उनका २ करोड ६० लाख फलोअर छन् । हुडा ब्यूटीको हाल १ अर्ब डलर नेटवर्थ छ जसमा हुडाको अंश ५५ करोड डलर छ । यसको हाल करीब २० करोड डलर बराबरको वार्षिक कारोबार हुन्छ । 

‘उनले सौन्दर्य सामग्रीको कारोबारमात्र गरेकी छैनन्, उनी सम्पूर्ण उद्यमी महिलाकालागि प्रेरणाकी स्रोत बनेकी छन्,’ ग्राजिया मिडलइस्टको एक लेखमा उल्लेख गरिएको छ, ‘उनी एक उत्कृष्ट सफलताको कथाहुन् ।’

फोर्ब्सको उक्त सूचीमा काइली जेनर ९० करोड डलरसहित २७औं स्थानमा पर्न सफल भएकी छन् भने उनको इन्स्टाग्राम फलोअर्सको सङ्ख्या ११ करोड २४ लाख छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै