• २०८१ बैशाख ७ शुक्रबार

झ्याल्ला भुमे मन्दिर पुनः निमार्ण तथा विस्तार अभियान २०७५ को शुभारम्भ

kharibot

काठमाडौँ  / भुमे जनकल्याण समाजले भुमे स्मारिका विमोचन तथा भुमे डकुमेन्ट्री प्रदर्शन तथा झ्याँल्ला भुमे मन्दिर पुनः निमार्ण तथा विस्तार अभियान २०७५ को शुभारम्भ कार्यक्रम सम्पन्न गरेको छ । 

राष्ट्रिय प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा शनिबार “हामी बनाउछौ हाम्रो आस्थाको धरोहर” भन्ने नाराका साथ सो कार्यक्रम सम्पन्न गरिएको हो । सो अभियानको लागि शनिबारसम्ममा करिव दश लाखको पूर्वाधार निर्माण तथा आर्थिक  सहयोगको प्रतिवद्धता आएको आयोजकले जानाएको छ  । सहयोग गर्न चाहाने दाताहरुले असोज मसान्त सम्ममा सहयोग गर्न सक्ने आयोजकले जानाकारी गराएका छन् ।  

प्रवेशद्धार सालिक स्तम्भ, पाटी मन्दिर निमार्ण तथा आर्थिक सहयोग गर्न चाहनेहरुको लागि विशेष सम्मानको व्यवस्था सहित मन्दिर पुनः निर्माणको गुरु योजना तयार पारिएको छ । पुर्वीय धर्म, दशर्न, परम्परा, संस्कृति र धर्मको महत्व उजागर गर्दै संरक्षण गर्न मन्दिरको संरक्षण र विस्तार तथा प्रवद्धन गर्न तथा २०७२ सालको  महाभुकम्पले क्षतिग्रस्त पारेको मन्दिरको पुन निमार्ण हुन नसकेको र  जीर्ण अवस्थामा रहेकोले यो अभियान थालिएको संस्थाका अध्यक्ष धन बहादुर  गुरुङले जानाकारी गराए ।    

गुरु योजना अनुसार उक्त मन्दिर परिसरभित्र प्रवेशद्धार, पाटी, मुल मन्दिर, कार्यालय भवन ,भुमे स्तभ, वनभोज स्थल, पुजा सामग्री पसल गार्डेन निर्माण, खुला क्षेत्रमा वृक्षारोपण, नदी कटानलाई रोक्न तटबन्ध तथा पर्खालको व्यवस्था गरी तिर्थालु भत्तजनलाई सहज वातारण निमार्ण गर्नको लागि योजना ल्याइएको बताउदै आयोजकले एक एक इटा जोडिएर मात्र घर बन्ने भन्दै सबैलाई सकेको सहयोग आर्थिक, पुर्वाधार निमार्ण सहयोग तथा स्वंयमसेवी सहयोग गर्न आह्वान गरेको छ ।   

उक्त कार्यक्रममा सबै धर्मप्रति समभाव राख्ने झ्याल्ला भुमेले वर्तमान नेपाली समाजको वर्तमान परिस्थितिमा मान्य हुने गुरुङ,मगर, बाहुन क्षेत्री सबै प्रति समानता रहेको बताउदै संस्कृत विद् डा.जगमान गुरुङले दुगुर्ण त्यागेर सत्गुणको विकास गर्दै समाज,सस्कृति भाषालाई देश र काल अनुसार परिष्कृत गर्दै लैजानु पर्ने बताए । 

पुन निर्माणलाई पहिलो प्राथामिकतामा राख्दै भुमे मन्दिरलाई धार्मिक पर्यटनको माध्यमबाट अर्थोपाजर्नको स्रोतको रुपमा विकास गर्नु पर्ने धारणा प्रदेशसभा सांसद प्रकाश चन्द्र दवाडीले व्यक्त गरेका थिए । 

 कला धर्म संस्कृति, पर्यटन र कृषिको क्षेत्रमा विकास गर्न सबै संघसंस्था मिलेर सक्रिय रुपमा काम गर्नु पर्ने बताउदै शिक्षाविद् बाबुराम अधिकारीले संस्कृत शिक्षाको महत्व दर्शाउदै सबै वाद दर्शनको उद्गम स्थल संस्कृत भएकालेयसको संरक्षणमा पनि लाग्नु पर्ने बताए ।  

मन्दिरको पुनः निर्माण सँगै समाज र साइनोलाई पनि पुन निर्माण गर्न आवश्यक रहेको नेपाल पर्वतारोहण संघका महासचिव कुल बहादु गुरुङले बताए । 

समाजका अध्यक्ष धन बहादुर गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा समाजसेवी जयप्रकाश गुरुङ, गुृरुङ पर्यटन व्यवसायी संघको अध्यक्ष कमला गुरुङ, हिमाल घले , कवि विजय न्यौपाने, युवा उद्यमी हर्क गुरुङ, उप प्राध्यापक शम्भु अधिकारी , उर्जा उद्यमी वीर बहादुर गुरुङ, गाँउपालिका सदस्य गोपिमाया गुरुङ लगाायतका अतिथिको आतिथ्यता रहेको थियो भने सल्लाहाकार दयानीधि दवाडी, खिला शर्मा, दाताराम ढकाल,केदार दवाडी, पुर्ण लामिछाने, मदन बाबु दवाडी, झन बहादुर दवाडी लगायतको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । 

करिव २ सय जनाको उपस्थिति रहेको शुभारम्भ कार्यक्रममा कविता, गजल तथा नृत्य जस्ता साँस्कृतिक झलक पनि प्रस्तुत गरिएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै