• २०८१ बैशाख १३ बिहीबार

विराट कोहली टेस्टमा पनि प्रथम

kharibot

काठमाडौँ।  अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को टेस्ट ब्याट्सम्यानको वरियतामा विराट कोहली शिर्ष स्थानमा उक्लिएका छन् ।

इङल्याण्डको  बर्मिङ्घमस्थित एजबास्टन क्रिकेट स्टेडियममा भएको टेस्ट म्याचमा भारत इङ्गल्याण्डसँग ३१ रनले पराजित भएपनि विराटले पहिलो इनिङमा शतक र दोस्रो इनिङमा अर्धशतक प्रहार गर्दै पहिलो टेस्ट ब्याट्सम्यानको सुचिमा पहिलो वरियतामा आइपुगेका हुन्। उनले पहिलो इनिङमा १४९ र दोस्रो इनिङमा  ५१ रन प्रहार गरेका थिए । यसअघि अस्ट्रेलियाका स्टिभ स्मिथ प्रथम स्थानमा थिए । 

६७ टेस्ट म्याचमा २२ शतक प्रहार गरेका कोहलीले आफूले उक्त स्थान हासिल गरे पनि भारत पराजित भएकाले यसको कुनै अर्थ नरहेको बताएका छन् । हाल कोहली टेस्टका साथै एकदिवसीय क्रिकेटको पनि प्रथम स्थानमा छन् । टी-२० मा भने उनी १२औं स्थानमा छन् । कोहली सन् २०११ मा प्रथम स्थानमा रहेका सचिन तेन्दुल्करपछि उक्त स्थानमा आउने पहिलो भारतीय खेलाडी हुन् । आईसीसीको वरियताअनुसार प्रथम स्थानमा रहेका कोहलीले ९३४ रेटिङ पाएका छन् भने दोस्रो स्थानमा रहेका स्टिभ स्मिथको ९२९ रेटिङ छ । स्मिथ हाल एक बर्षको प्रतिबन्धका कारण उनि अहिले खेलिरहेका छैनन्। 

वरियतामा कोहलीको नजिकै रहेका स्मिथलाई आईसीसीले गत मार्च २८ देखि १२ महिनाका लागि क्रिकेटसँग सम्बन्धित सम्पूर्ण गतिविधिबाट प्रतिबन्ध गरेको छ । आईसीसीको टेस्ट बलिङ वरियतामा भने प्रथम स्थानमा इङ्गल्याण्डका जेम्स एन्डरसन  र द्वितीय स्थानमा दक्षिण अफ्रिकाका कागिसो रबाडा छन् । भारतीय क्रिकेट खेलाडी रवीन्द्र जडेजा उक्त सूचीको् तृतीय स्थानमा छन् ।

कोहलीले टेस्ट क्रिकेटमा ६७ खेल खेल्दै २२ शतक र १७ अर्धशतकसहित ५ हजार ७ सय ५४ रन बनाएका छन्। कोहलीले टेस्ट क्रिकेट सर्वाधिक २४३ रन बनाएका छन् भने उनको टेस्ट क्रिकेटमा औसत प्रति खेल रन ५४.२८ रहेको छ।    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै