• २०८१ बैशाख ८ शनिबार

युभेन्ट्समा रोनाल्डोको डेभ्यु खेल फेसबुकमा लाइभ हुने 

kharibot

काठमाडौं – स्पेनिस क्लब रियल म्याड्रिडबाट इटालियन क्लब युभेन्टस गएका क्रिस्टियानो रोनाल्डोले युभेन्टसका लागि खेल्ने पहिलो खेल फेसबूकमा लाइभ देखाइने भएको छ । 

लन्डनस्थित इलेभेन स्पोर्ट्सले सो खेल लाइभ गर्ने सम्झौता गरेको छ। सो समझौता अनुसार प्रत्येक साता सिरी ए र ला लिगाका एक एक खेल फेसबुकमा प्रत्यक्ष प्रशारण गरिने भएको छ। 

युभेन्टसले आफ्नो सिरी ए को पहिलो खेल आगामी भदौ २ गते चिएभोसँग खेल्दै छ। युभेन्ट्स हाल परी-सिजन टुरमा अमेरिकामा भएपनि रोनाल्डोसहित क्लबका अन्य महत्वपूर्ण खेलाडीहरु सो टुरमा गएका छैनन्। 

अब रोनाल्डोको युभेन्टसमा हुने डेभ्यु खेललाई फेसबुकमा इलेभेन स्पोर्ट्स युकेको फेसबुक पेजमा लाइभ हेर्न पाइने भएको हो । 

इलेभेन स्पोर्ट्सका व्यवस्थापकीय निर्देशक ड्यानी मेन्केनले फेसबूकलाई हाम्रो निःशुल्क प्रसारण साझेदार बनाएर हामी आफ्नो प्रमुख विषयवस्तुलाई केन्द्रीय मञ्च दिन चाहेको प्रतिक्रिया दिए।  उनले  फेसबुकको माध्यमबाट विश्वभरका दर्शक माझ पुग्न चाहेको बताए।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै