एकदिवसीय सिरिज खेल्न नेपाली अन्डर १९ क्रिकेट टिम भारत जादै, यस्तो छ खेल तालिका  

खरीबोट
ad

काठमाडौँ।  नेपाली अन्डर १९ राष्ट्रिय क्रिकेट टिम भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को निमन्त्रणामा भारतमा एकदिवसीय सिरिज खेल्ने भएको छ।  

क्रिकट्रयाकरका अनुसार प्रतियोगितामा नेपाल, भारत र अगनिस्तानको अन्डर  र भारतको नेशनल क्रिकेट एकेडेमीको  टिमले भाग लिने भएका छन्। 

भारतले हरेक बर्ष आयोजना गर्ने ५० ओभरको यो सिरिजमा गत वर्ष श्रीलंकाको यु १९ टोली भने यस पटक नेपाली टिमलाई बोलाइएको हो ।

यस्तै सिरिजलाई यू-१९ एसिया कपको तयारीको रुपमासमेत लिइएको छ। बंगलादेशले आगामी अक्टोबरमा एसिया कपको आयोजना गर्दैछ। जसमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका, हङकङ, बंगलादेश, युएई र अफगानिस्तान गरी ८ टोलीले खेल्ने छन्।

गत नोभेम्बरमा मलेसियामा भएको पछिल्लो एसिया कपमा नेपाली यू–१९ ले भारतको यू–१९ टोलीमाथि ऐतिहासिक जित निकालेको थियो।

 आगामी सेप्टेम्बर १२ बाट  सिरिज सहभागी चार टोलीले एक अर्काविरुद्ध खेल्नेछन् । शीर्ष दुई टोलीले सिरिजको उपाधिको लागि खेल्ने छ । तेस्रो र चौथो हुने टोलीबीच तेस्रो स्थानको लागि प्ले अफ खेल हुने भएको ।

सार्वजनिक भएको खेल तालिका अनुसार सेप्टेम्बर १२- भारत यू–१९ विरुद्ध अफगानिस्तान यू–१९, इडेन गार्डेन्स, कोलकोतामा हुने छ भने सेप्टेम्बर १२- एनसीए यू–१९ विरुद्ध नेपाल यू–१९, जादभपुर युनिभर्सिटी,सेप्टेम्बर १४-भारत यू–१९ विरुद्ध नेपाल यू–१९, इडेन गार्डेन्स, सेप्टेम्बर १४- एनसीए यू–१९ विरुद्ध अफगानिस्तान यू–१९, जादभपुर युनिभर्सिटी, सेप्टेम्बर १६- भारत यू–१९ विरुद्ध एनसीए यू–१९, इडेन गार्डेन्स, सेप्टेम्बर १६- अफगानिस्तान यू–१९ विरुद्ध नेपाल यू–१९, जादभपुर युनिभर्सिटी। 

त्यस्तै  उपाधिक लागि सेप्टेम्बर १८ मा शिर्ष दुई टिमबीच  इडेन गार्डेन्समा खेल हुने छ भने तेस्रो स्थानका लागि तेस्रो र चौथो हुने टिम सेप्टेम्बर १८ मै जादभपुर युनिभर्सिटीमा खेल्ने छन्। 
 

सम्बन्धित समाचार

क्रिकेट विवाद समाधानतर्फ : मुद्दा फिर्ता लिइदै, बोर्ड बैठक बोलाइयो 

काठमाडौँ। झण्डै तीन वर्षदेखि नेपाली क्रिकेटमा देखिएको समस्या समाधान हुने भएको छ ।  निर्वाचित नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज विज्ञप्ति जारी गर्दै अदालतमा विचाराधीन मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढाएसँगै क्यान

टी–२० विश्वकप छनौट खेल्न नेपाली क्रिकेट टोली मलेसिया प्रस्थान

काठमाडौँ। सन् २०२० मा अष्ट्रेलियामा हुने टी–२० विश्वकप क्रिकेटको पहिलो चरणको छनोट प्रतियोगितामा सहभागी हुन नेपाली टोली आज मलेसिया प्रस्थान गरेको छ ।  यही असोज १७ देखि २६ गतेसम्म मलेसियामा हुने

शारजाहमा हुने अफगानिस्तान प्रिमियर लिगको ड्राफ्टमा तीन नेपाली क्रिकेटर समावेश

काठमाडौँ। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबि) ले पहिलो पटक आयोजना गर्न लागेको अफगानिस्तान प्रिमियर लिगको (एपीएल) ड्राफ्टमा ३ जना नेपाली खेलाडीहरु समाबेस गरिएको छ । युएईको शारजाहं क्रिकेट मैदानमा आयोजन हुने एपिएल

नेपाली क्रिकेट टिम शुक्रबार काठमाडौँ फर्किदै, सन्दीप सिपीएल खेल्न नजाने

काठमाडौँ।  एशियन कप क्वालिफायर खेल्न मलेसिया गएको नेपाली राष्ट्रिय क्रिकेट टिम शुक्रबार काठमाडौँ आउने भएको छ।  नेपाली राष्ट्रिय टिमका म्यानेजर रमन शिवाकोटीका अनुसार नेपाली टिम अपराह्न सवा १२ बजे काठमाडौँस्थित


z