• २०८१ बैशाख १३ बिहीबार

गूगल म्यापमा नयाँ फीचर, गूगल म्यापको पृष्टभूमिमा अब ग्लोब आउने 

kharibot

काठमाडौँ।  विश्वकै चर्चित टेकजाइन्ट गूगलले गुगल म्यापमा एक नयाँ फीचर ल्याएको छ।  जसको सहायताले लाइभ लोकेशनसँगै आफ्नो मोबाइलको ब्याट्री स्ट्याटस पनि शेयर गर्न सकिने भएको छ । त्यस्तै नयाँ अपडेटमा गूगल म्यापको पृष्टभूमि अपडेट गरिएको छ । जूम आउट गर्दा यो अब समतल नदेखिएर ग्लोब जस्तो गोलो देखिन्छ । अहिले ३डी ग्लोब मोड गूगल म्याप्सको डेस्कटप भर्जनको लागि मात्र उपलब्ध छ र यसले प्रायः सबै ब्राउजरलाई सपोर्ट गर्छ । 

लाइभ लोकेशन शेयर गर्ने फीचर पहिलादेखि नै थियो । यसमा केवल नयाँ फीचर थपिएको हो । उदाहरणको लागि, यदि तपाईं कसैसँग आफू रहेको स्थान शेयर गर्नहुन्छ भने यससँगै तपाईंको ब्याट्रीको स्ट्याटस पनि देखिन्छ । यसले तपाईंको मोबाइलको ब्याट्री बाटोमै सकिएको त छैन भन्ने थाहा दिन्छ । यसको लागि तपाईंले गूगल म्याप अपडेड गर्नुपर्ने हुन्छ । 

लाइभ लोकेशन शेयरिङ भनेको के हो ?

तपाईंहरूमध्ये धेरै युजरहरूलाई लाइभ लोकेशन शेयरिङले कसरी काम गर्छ भन्ने थाहा होला। यो फीचर म्यासेञ्जर र ह्वाट्सएपमा पनि छ । लाइभ लोकेशन शेयर गरी तपाईं आफूलाई चिन्ने जो कोहीलाई तपाईं कहाँ हुनुहुन्छ भन्ने थाहा दिन सक्नुहुन्छ । यो दुवैतर्फबाट शेयर गर्न सकिन्छ । मतलब जब तपाईं लाइभ लोकेशन शेयर गर्नुहुन्छ, रिसिभरलाई पनि उसले चाहेको खण्डमा लाइभ लोकेशन शेयर गर्ने अप्सन आउँछ । लाइभ लोकेशन शेयर गर्दा तपाईं समय पनि सेट गर्न सक्नुहुन्छ । जस्तै, तपाईं १ घण्टाको लागि लाइभ लोकेशन शेयर गर्न सक्नुहुन्छ। 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै