• २०८१ बैशाख ४ मंगलबार

नेपालका ४ खेलाडी आईसीसीको टि-२० वरीयतामा   

kharibot

काठमाडौँ।  नेपाल राष्ट्रिय टिमका चार जना खेलाडी आईसीसीको टि-२० वरीयतामा परेका छन् । 

आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा टि-२० क्रिकेटमा नेपालका दुई बलर तथा दुई ब्याट्सम्यान शीर्ष एक सय भित्र परेका हुन् । ब्याटिङतर्फ कप्तान पारस खड्का र शरद भेषावाकर तथा बलिङतर्फ बसन्त रेग्मी र सोमपाल कामी शीर्ष एक सय खेलाडीभित्र परेका छन् । 

कप्तान खड्का आइसीसीको टि-२० वरियतामा ९०औ स्थानमा रहेका छन् भने अर्का खेलाडी भेस्वाकर ९८औ स्थानमा रहेका छन् ।  खड्का वेष्ट इण्डिजका केरन पोलार्ड, अष्ट्रेलियामा जर्ज बेली, वेष्ट इण्डिजकै ड्यारेन सामीलाई पछि पार्दै ब्याटिङमा ९०औं स्थानमा रहेका छन् ।

त्यस्तै  भेस्वाकर जिम्बाब्वेका सिकन्दर राजा र  वेष्ट इण्डिजका ड्यारेन सामी भन्दा अगाडी रहेका छन्। 

यस्तै टि-२० क्रिकेटको वरियताको बलिङतर्फ बसन्त रेग्मी ७१औ स्थानमा रहेका छन् भने नेपालका तिब्र गतिका बलर सोमपाल कामी टि-२० को वरियतामा ९२औ स्थानमा रहेका छन्। 

टि-२० क्रिकेटको ब्याटिङतर्फ अष्ट्रेलियाका एरोन फिन्च शीर्ष स्थानमा छन भने बलिङतर्फ अफगानिस्तानका रशिद खान शिर्ष स्थानमा रहेका छन् । 

आईसीसीले अगस्ट ५ मा निकालेको ताजा वरीयताक्रममा नेपाली ४ खेलाडीले टि-२० को ताजा वरियतामा उत्कृष्ट सयमा स्थान बनाउन सफल भएका हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै