• २०८१ बैशाख १३ बिहीबार

प्रधानाध्यापकले आफ्नै छोरीको हत्या गरेको आशंका, बारा प्रहरीको फितलो अनुसन्धान

kharibot

बारा। बाराको कलैया उपमहानगरपालिकामा अषाढ १२ गत मंगलवार एक युवतीको रहस्यमय मृत्यु भएको खवर सार्वजनिक भएको महिना दिन वितिसक्दा पनि प्रहरीको अनुसन्धान माथि नै शंका उत्पन्न भएको छ । 

वडा नम्वर ५ घुसुकपुरका बृजकिशोर मिश्राको अन्दाजी १८ वर्षिय छोरी प्रियांका मिश्राको रहस्यमय मृत्यु भएको हो । प्रहरी कार्यलयबाट करिब सय मिटरको दुरीमा घटना घटेको हो । घटना भएको करिव २४ घण्टा पछि मात्रै प्रहरीलाई हत्या बारे थाहा भएको स्थानियहरु बताउछन् । चेक जाँचको नाममा करिब ३२ लाखको सिसि टिभी क्यामरा लागेपनि एउटा एम्बुलेन्समा मरेको व्यक्ति लिएर गईन्छ चोक चोकमा चेक जाँचको लागि प्रहरी खटाईएको छ, तर पनि हत्या भएको लास लिएर जलाईन्छ यसले प्रहरीमाथि ठुलो प्रश्न चिन्ह खडा गरेको छ । 

रहस्यको पर्दाफास फोरेन्सिक जाँच, नारकोटिक्स टेष्ट, पोलिग्राफ टेष्ट लगायत वैज्ञानिक जाँचको माध्यमले अपराधी पत्ता लगाउन सकिन्थ्यो, तर अहिलेसम्म प्रहरीले केहि गर्न सकेको छैन ।

अषाढ १२ गते मंगलवार राति ८ बजे मिश्राले एम्बुलेन्स बोलाउँदा स्थानियले के भो भनेर जान्न खोज्दा आमाले आफ्नों भाईको मृत्युको खवर सुन्नासाथ हार्ट अट्याक भएकोले चेकअप गराउनलाई बोलाएको बृजकिशोर मिश्राले बताएका छन् । 

एम्बुलेन्समा दुई जनाले मिश्राको आमालाई एम्बुलेन्समा ल्याएर राखे फेरी धेरै बेरसम्म दाजु भाई आपसमा कुरा गरे एम्बुलेन्स् किन आएको हो भनेर जान्न खोज्दा बिरामी हो भने अस्पताल लग्नुपर्ने भने पनि दाजु भाई आपसमा कुरा गरिरहे पछि लिएर गए पछि सुन्दा त छोरीलाई पनि हृदयघात भयो भनेर सुनेको स्थानिय अप्सरा पुडासैनीले बताईन् । 

आमालाई हृदयघात भयो भनेर बिरामी मान्छेलाई त्यति बेर राख्न नपर्ने थियो । कागज–पत्र पनि झुठो देखाए । यहाँबाट हर्दियासम्म नेपाली एम्बुलेन्समा लिएर गएको हर्दियाबाट नेपाली एम्बुलेन्सलाई पठाएको र त्यहाँबाट भारतीय एम्बुलेन्स मगाई भारत तिर जलाएर बुधवार घर फर्की रुवावासी भएपछि मात्र छर छिमेकलाई थाहा भएको थियो । 

पसलबाट फर्किदा मिश्राको घर निर एम्बुलेन्स लागेको थियो । मनमा लाग्यो कलाई के भो भनेर जान्न खोज्दा उताबाट फर्केर आई एम्बुलेन्स्मा हेर्दा कोहि सुतेको जस्तो देखियो । घर भित्र दुई तिन जना थिए, त्यहाँ उभेर मैंले भने के भो भनेर प्रश्न गर्दा कोहीले पनि बोल्न नमानेको स्थानीय ज्ञानुमायाले बताईन् ।
मिश्राले मोटरसाईकल लिएर साँझ ७ बजेसम्म ओहर दोहर गरेको र ८ बजे एम्बुलेन्स बोलाएर आफ्नों बृजकिशोरको आमाको हृदयघात भएकोले अस्पताल लिएर जान लागेको हामीलाई जानकारी भएको स्थानीय कलावती सहनीले बताईन् ।
आफु नगरपालिकाको बैठकमा रहेको स्थानियले खवर गर्दा आई बुझ्दा बुझ्दा वृजकिशोर मिश्राकोे आमालाई हृदयघात भएर अस्पताल लगेको तर भोलीपल्ट छोरीको दाहसंस्कार गरेको थाहा पाउँदा सत्य तथ्य पता लगाउँन दवाव स्वरुप आएको वडा अध्यक्ष राम अयोध्या मण्लडले बताए । 

बेलुका एम्बुलेन्स आएको गाउँलेहरुले सोध पुछ गर्दा आफ्नों आमालाई हृदयघात भएको भने । भोलिपल्ट छोरीको दाहसंस्कार गरेर आएको गाउलेले थाहा पाए ।  भर्खर १६ वर्षकी छोरीलाई कतै परिवारले नै मारेको त होईन भनि शंका लागेपछि प्रहरीलाई जानकारी गराएको स्थानीय युवा नेता ध्रुव यादवले बताए । 

प्रहरीलाई जानकारी गराउँदा मृतकको बुवालाई झिकाई सोध पुछ गरि अनुसन्धान गरिरहेको बताए । हत्याको विषयमा गाउँलेले दवाव स्वरुप र्याली समेत निकालेका थिए । प्रधानाध्यापक जस्तो व्यक्तिले आफ्नैं सन्तानलाई यसरी मार्दा समाजमा कस्ता विकृति जन्मन्छन् । ‘बुढी मरी भन्दा पनि काल पल्क्यो’ भन्ने चिन्ता रहेको र यस्ता घटनाले समाजमा पार्ने प्रभाव ठूलो हुने भएकाले आँफुहरुले यो घटनाको बास्तविकता जान्न खोजेको यादवले बताए । 

यो घटना योजनाबद्ध रुपमा घटाईएको हो । यसमा कुँनै शंक्कै छैन । परिवारको संलग्नतामा छोरी मारेकोमा कुनैं शंका नरहेको स्थानीय मोहन लामिछानेले बताए । छोरी चन्चले स्वभावको कारणले केहि दिन अगाडी आमाले छोरीलाई कुटपिट गर्नु र त्यसको दुई तीन दिन पछि छोरी मरी भन्दै आउनुले यो घटनामा पारिवारिक संलग्नता रहेको उनले बताए । 

एम्बुलेन्सका चालक दुलारे अंसारीका अनुसार मलाई सात बजेर ४६ मिनेंटमा कलैया अस्पतालबाट एक जना व्यक्तिले बिरामी लैजानु छ, भनेर लिएर बृजकिशोर मिश्राको घरमा  आयो । त्यहाँ मिश्रा निवासबाट एम्बुलेन्समा ३ जना महिला २ जना बालबालिका र एक जना पुरुषलाई लिएर आफुले हर्दिया पुर्याएको बताए । एम्बुलेन्समा बस्दा सबै जना हतास देखिएको उनले बताए । 

हर्दिया पुगेपछि एम्बुलेन्सका चालकलाई भारत जानु पर्ने भयो, जान सक्छौ भने । नेपाली एम्बुलेन्स भएकाले डाक्टरको प्रेस्क्रिप्सिन र रिफर लेटर नभई भारत जान पाइँदैन भनेर आँफु त्यहींबाट फर्केको बताए । मिश्रा कलैया उपमहानगरपालिका वडा नं.१३ सिसहनियामा नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक हुन् । भने श्रीमती सोहि विद्यालयमा करारकी शिक्षिका हुन् । मृतक प्रियांका मिश्रा हिमाल ईन्सिच्युट बिरगंजमा हेल्थ एसिस्टेन्ट पढिरहेकी छात्रा थिईन् । 

प्रहरी उपरिक्षक मिरा चौधरी आएपछि बारामा यो भन्दा पहिला जेष्ठ १३ गते महागढीमाई नगरपलिकामा वडा नं.१८ वर्षिय निभा पटेल र जेष्ठ २९ गते सिम्रौनगढ नगरापालिका वडा नम्वर ९ बाँसवारीयाका २० वर्षिय कविता यादवको रहस्यमय मृत्यु भएको छ । तर, कुनै पनि हत्याका बारेमा बारा प्रहरीले अहिले सम्म तथ्यगत अनुसन्धान गरी कारवाही गरेको पाईएको छैन ।

यस सम्वन्धमा बारा प्रहरीका प्रवक्ता एवंम् प्रहरी नायव उपरिक्षक रंजितसिंह राठोरले घटनाको अनुसन्धान भईरहेकोले अहिले नैं केही भन्न नसकिने बताएका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै