• २०८१ बैशाख ८ शनिबार

प्रधानन्यायाधीश नियुक्ति दुर्घटनामा पर्यो- नेपाली काँग्रेस 

kharibot

काठमाडौँ।  नेपाली काँग्रेसको आज बसेको केन्द्रीय समितिको बैठकले प्रधानन्यायाधीश नियुक्ति दुर्घटनामा परेको ठहर गरेको छ। 

मंगलबार बसेको बैठकले दीपकराज जोशीलाई प्रधानन्यायाधीशमा अस्वीकृत गर्ने संसदीय समितिको निर्णयमा प्रधानमन्त्री केपी शर्मा ओलीले दोहोरो चरित्र देखाएको भन्दै यसलाई गम्भीर रुपमा लिएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन्।   

काँग्रेसले संबैधानिक सर्वोच्चता र न्यायपालिकाको स्वतन्त्रताका लागि काँग्रेस आगामी दिनमा सक्रिय रहने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिए। 

बैठकमा काँग्रेसले संघीय कानुन बनाउने तर्फ सरकार नलागेको, संबैधानिक परिषदले कुनै पनि निकायमा सिफारिश गर्दा सबै किसिमका छानबिन हुनुपर्नेमा त्यस्तो नगरिएको, प्रधानमन्त्रीको दोहोरो चरित्र देखाएको र संसदीय समितिमा आफ्नै निर्णयमा प्रधानमन्त्रीले संसदीय समितिमा निर्णय गराएको, प्रधानन्यायाधीशको प्रमाणपत्र नक्कली हो भने छानबिन गर्नुपर्ने आदि विषयमा छलफल भएको प्रवक्ता शर्माले बताए। 

सरकारले न्यायापालिकालाई व्यवस्थापिका र कार्यपालिकाको लाछार छाँया बनाएको काँग्रेसले निर्णय गरेको छ।  त्यस्तै काँग्रेसले स्याङजाका सभापति कमल पंगेनीको निधन प्रति शोक व्यक्त शोक प्रस्ताव पारित गरेको छ।

बैठकमा महासमिति बैठक, पार्टीका विभाग गठन बारे छलफल भएपनि सभापति शेरबहादुर देउवा बुधबारदेखि केहिसमयका लागि विदेश जान लागेकाले उनी फर्किएपछि छलफल गरेर टुङ्गाइने निर्णय भएको प्रवक्ता शर्माले बताए।      

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै