• २०८१ बैशाख १३ बिहीबार

प्रदेश नम्बर ३ को योजना पुस्तिका सार्वजनिक

kharibot

हेटौँडा। प्रदेश नम्बर ३ सरकारको प्रदेश नीति तथा योजना आयोगले आफ्नो प्रदेशका लागि योजना पुस्तिका सार्वजनिक गरेको छ । 

पुस्तिका सार्वजनिक गर्दै मुख्यमन्त्री डोरमणि पौडेलले योजनाविनाको विकास दिगो नहुने भन्दै समग्र प्रदेशको अवस्थाबारे अवगतसहित विकासको योजना बनाउन पुस्तिकाले सहयोग गर्ने बताए । 

उनले भने, “किताब छापिनु ठूला कुरा होइन तर यस पुस्तकले दिने विकास ठूलो कुरो हो, यसले हामीलाई समग्र प्रदेशको अवस्था र आवश्यकता औँल्याउँछ र यी सबै समेटेर हामीले बनाएको योजना तथा विकास निर्माण दिगो हुन्छ ।” मुख्य मन्त्री पौडेलले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य पूरा गर्ने आधार तयार पार्नुपर्नेमा जोड दिए । 

प्रदेश नीति तथा योजना आयोगका सदस्य श्याम बस्नेतले प्रदेश सरकारले जनतालाई समृद्धी बाँड्ने योजना बनाएको दावी गरे । 

आयोगका उपाध्यक्ष सांसद खिमलाल देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नम्बर ३ का सभामुख सानुकुमार श्रेष्ठ, आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमरकट्टेल, आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेल, सामाजिक विकासमन्त्री युवराज दुलाललगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै