• २०८१ बैशाख ६ बिहीबार

सभापति शेरबहादुर देउवा उपचारको लागि आज सिंगापुर जादै 

kharibot

काठमाडौँ।  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा उपचारको लागि सिंगापुर जाने भएका छन् । आज दिउँसो साढे एक बजे काँग्रेस नेतृ एवं पत्नी आरजु राणासहित देउवा सिंगापुर जान लागेका हुन् ।

यस अघि नै सिंगापुर जाने तयारी भए पनि गोविन्द केसीको अनसन चलिरहेका कारण देउवाले भ्रमण स्थगित गरेका थिए । ‘पेटको समस्याको उपचार गराउन सभापति सिंगापुर जान लागेको बताइएको छ।  

सिंगापुरस्थित माउन्ट एलिजावेथ हस्पिटलमा देउवाको उपचार गर्ने भएका छन् । यस अघि पनि सोही अस्पतालमा देउवाले उपचार गराएका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै