मलेसियाली पूर्व प्रधानमन्त्री रजाकलाई कालो धन थुपारेको नयाँ आरोप

खरीबोट

क्वालालम्पुर। मलेसियाका पूर्व प्रधानमन्त्री नजिब रजाकमाथि अरबौँ अमेरिकी डलर बराबरको रकम अपचलन गरेका नयाँ आरोप लागेको छ । 

मलेसियामा केही महिना अघि सम्पन्न आमनिर्वाचनको समयमा पनि विपक्षीहरुले यही विषय उठाउँदै आएका थिए । मलेसियाको राजधानी क्वालालम्पुरस्थित अदालतमा उपस्थित गराइएका उहाँमाथि करिब ४ करोड २० लाख मलेसियाली रिंगीट (एक करोड ३ लाख डलर) भ्रष्टाचार गरेको आरोप लगाइएको थियो, तर उहाँले यसलाई अस्वीकार गर्नुभएको छ । आरोप प्रमाणित भएमा उहाँले १५ वर्ष जेल बस्नुपर्नेछ । 

उनी सत्तामा रहँदा गरेका भनिएका विभिन्न तीन वटा भ्रष्टाचारका मुद्दा उनीमाथि लागेका छन् । उनलाई गत महिना पक्राउ गर्दा नै भ्रष्टाचार गरेर अवैध रकम थुपारेको आरोप लागेको थियो । बुधबारको यो आरोप तिनै आरोपमध्येको एउटा हो । 

पूर्व प्रधानमन्त्री रजाक ६५ वर्षका छन् भने गत महिना पक्राउ परेका रजाक धरौटीमा छुटेका थिए । मलेसियाली सरकारले पनि उनी प्रधानमन्त्री रहँदा उनले नै स्थापना गरेको ‘१एमडिबी’ नामको आयोजनामार्फत उनले अरबौँ डलर दुरुपयोग गरेको भनी अनुसन्धान गरिरहेको छ । 

बुधबार अदालतमा उपस्थित भएका पूर्व प्रधानमन्त्री रजाकलाई उनीमाथि लगाइएका भनिएका ती तिनवटै विषयका बारेमा के थाहा छ भनेर सोधिएको थियो । बुधबारै उनको मुद्दा अर्काे अदालतमा सारिएको छ । उनको मुद्दाको बारेमा आगामी शुक्रबार थप सुनुवाई हुने बताइएको छ । 

उनीअदालतबाट निस्किएपछि उनको दलका समर्थकहरुले नजिब रजाक अमर रहुन् भनेर नाराबाजी गरेका थिए । उनीहरुले रजाकलाई राजनीतिक प्रतिशोधका आधारमा आरोप लगाइएको बताएका थिए । 

सम्बन्धित समाचार

क्रिकेट स्टेडियमका लागि आर्थिक सङ्कलन गर्न धुर्मुस सुन्तली मलेसियामा

काठमाडौँ । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको घोषणा गरेको धर्मुस सुन्तली फाउण्डेशनले आर्थिक सङ्कलन अभियानलाई तीव्र बनाएको छ । चितवनमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउने घोषणा गरेका अभियान्ता सीताराम कट्टेल

राष्ट्रपतिद्वारा मलेसियाका राजालाई बधाई

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मलेसियाको १६ औँ नरेशका रुपमा अल सुल्तान अब्दुल्लाह रियातुद्दिन अल मुस्तफा बिलाह शाह इब्नी सुल्तान हाजी अहमद शाह अल मुस्ता इन बिलाह घोषित हुनुभएकामा बधाई

मलेसियाका नयाँ राजाद्वारा राज्यारोहण

क्वालालम्पुर ।मलेसियाका नवनिर्वाचित राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहले बिहीबार राज्यारोहण गरेका छन् ।  यसअघिका राजाले पाँच वर्षे कार्यकाल पूरा नहुँदै बीचमै राजीनामा दिएकाले निर्वाचन मार्फत् छनौट गरिएका नयाँ राजाले राज्यारोहण

सुल्तान अब्दुल्लाह बने मलेसियाको नयाँ राजा 

क्वालालमपुर । मलेसियाको राजसभाले बिहीबार नयाँ राजाका रुपमा सुल्तान अब्दुल्लाह अहमद शाह निर्वाचित भएका छन् ।  संवैधानिक राष्ट्रप्रमुखका रुपमा निर्वाचित सुल्तान मलेसियाको १६औ राजा भएको अधिकारीहरूले जनाएका छन् ।  राज्यद्वारा सञ्चालित


z