अभिनेत्री पूजाको प्रश्न बोर्ड अध्यक्ष निकितामाथि प्रश्न, कसरी भयो चलचित्रको विकास ? 

खरीबोट

काठमाडौँ । फिल्म 'रामकहानी' र 'रोजी' जुध्ने भएपछि नेपाली सिनेमा बजार एक पटक फेरी तातेको छ। नौ वर्ष अगाडि निरकको 'कुसुमे रुमाल २' सँग सुदर्शनले आफ्नो फिल्म 'मेरो एउटा साथी छ' जुधाएको प्रतिसोध साँध्न 'रोजी' उक्त मितिमा आउन लागेको चर्चा सिनेवृतमा चलेको छ । 
 
अभिनेता प्रदीप खड्काको प्रमुख भूमिका रहेको 'रोजी' आफ्नो फिल्मसँग भिड्न तयार भएपछि 'रामकहानी' कि निर्मात्री समेत रहेकी अभिनेत्री पूजा शर्माले फेसबुकमा एक स्ट्याटस लेख्दै आफ्नो आक्रोस पोखेकी छन् । 
 
पुजाले आफ्नो स्टाटसमा आक्रोस चलचित्र विकास बोर्ड अध्यक्ष निकिता पौडेलमाथि पोखेकी छन्  । रोजीका निर्देशक निरक पौडेल, बोर्ड अध्यक्ष निकिताका भाई हुन् । 

'संस्थाको अध्यक्ष भएर चलचित्रकर्मीलाई साथ र सहयोग गर्दै सबैलाई मिलाएर चलचित्रको विकासमा ध्यान दिनुभन्दा एउटा महिलाले नै निर्माण गरेको चलचित्रसँग जुधाएर कुन चाहिँ विकासको लागि लड्दै हुनुहुन्छ ?' उनले निकितामाथि प्रश्न तेर्साएकी छन् । 
 
पूजा लेख्छिन्, 'तपाईले मेरो चलचित्र 'रामकहानी' सँग जुधाउनु पर्छ भनेर गरेको प्लान बारे पनि जानकारी पाइसकेको छु । यो कस्तो चलचित्रको विकास गर्दै हुनुहुन्छ ? जबकि तपाइलार्इ थाहा छ मैले ६ महिना पहिला नै भदौ २२ गतेको दिन 'रामकहानी' प्रदर्शन गर्दैछु भन्ने ! तर पनि यसरी जुध्न आउनु राम्रो हो र ?' 'मेरो चलचित्रसँग तपाईले आफ्नो चलचित्र रिलिज गर्नुमा मलार्इ कुनै आपत्ति होइन तर तपार्इ जुन संस्थामा बसेर चलचित्रको विकासको कुरा गर्नु हुन्छ त्यो कुरामा आपत्ति हो, अध्यक्षज्यूको सोचप्रति आपत्ति हो', उनले लेखेकी छन् । 

सम्बन्धित समाचार

आना र कर्माको ‘किचकिचे माया’ सार्वजनिक 

काठमाडौँ । आगामी चैत १ गतेबाट प्रदर्शनमा आउन लागेको नेपालमा निर्मित पहिलो अंग्रेजी फिल्म ‘द म्यान फ्रम काठमाडौं’ को ‘किचकिचे माया’ बोलको गीत सार्वजनिक भएको छ ।  सोमवार रिलिज भएको गीतमा

अनुप, वर्षा र मालाको फिल्म ‘पुरानो बुलेट’ को ट्रेलर सार्वजनिक 

काठमाडौँ । चैत १ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्म ‘पुरानो बुलेट’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ ।  बुलेट बाइक चढ्ने एक युवकको जीवनमा आउने उतारचढावमा आधारित फिल्मको ट्रेलरमा कमेडी,

कसको दबाबमा पशुपति शर्माले हटाए आफ्नो गीत ? 

काठमाडौँ । लोकगायक पशुपति शर्माले गाएको नयाँ गीत इन्टरनेटबाट आफैले हटाएका छन् । शुक्रबार शर्माले रिलिज गरेको गीत ‘लुट्न सके लुट’ बोलको सो गीतमा देशमा बढेको भ्रष्ट्राचारको बारेमा तिखो प्रहार गरिएको

प्रदिप-जसिता अभिनित लभ स्टेशनको पहिलो गीत ‘घाम जुन’ सार्वजनिक 

काठमाडौं । फिल्म लिली बिलीबाट चर्चित जोडी बनेका अभिनता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङको फिल्म लभ स्टेशनको पहिलो गीत चाहिँदैन घाम जुन... सार्वजनिक गरिएको छ ।  भ्यालेन्टाईन डे को अवसर


z