नेपाल मेडिसिटी र नेपाल इन्भेष्टमेन्ट बैंकबीच सेवाग्राहीलाई विशेष छुट दिने सम्झौता

खरीबोट
ad

ललितपुर।  नेपाल मेडिसिटी र नेपाल इन्भेष्टमेन्ट बैंकबीच सेवाग्राहीलाई विशेष छुट दिने सम्झौता भएको छ । 

बुधबार ललितपुरमा गरिएको हस्ताक्षर कार्यक्रममा अस्पतालका तर्फबाट महाप्रबन्धक विजय रिमालले सम्झौतापत्रमा हस्ताक्षर गरे भने प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र नायव महाप्रबन्धक बिजेन्द्र सुवालले हस्ताक्षर गरेसँगै इन्भेष्टमेन्ट बैंकका कर्मचारी र सेवाग्राहीले विशेष छुट पाउने भएका छन् । 

सम्झौता कार्यान्वयनमा आएसंगै बैकका विभिन्न सामाजिक उत्तर दायित्व कार्यक्रममा अस्पतालको सहभागिता रहने र अस्पतालका विभिन्न योजनामा बैकले साथ दिने भएको छ । खासगरी, बैंकका कार्ड उपभोक्ताले उपचारमा सहुलियत प्राप्त गर्नेछन् । 

अस्पतालका महाप्रबन्धक विजय रिमालले मुलुकको बैंकिङ्ग क्षेत्रमा सशक्त भूमिका खेल्दै आएको नेपाल इन्भेष्टमेन्ट बैंकसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे । त्यस्तै, बैंकका नायव महाप्रबन्धक सुवालले सर्वसुलभ स्वास्थ्योपचार गराउदै आएको नेपाल मेडिसिटीसँग सहकार्य गर्न उत्साहित रहेको प्रतिक्रिया दिए । 

सम्बन्धित समाचार

नेपाल इन्भेष्टमेन्ट बैंकको एनआईबीएल मास्टरकार्ड

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले मास्टरकार्डसँग सहकार्य गरी मास्टर डेबिट कार्डको उद्घाटन गरेको छ । आफ्ना ग्राहकहरुलाई आर्थिक कारोबारमा सहजता प्रदान गर्ने उद्देश्यले मास्टरकार्डसँग सहकार्य गरिएको बैंकले जनाएको छ

सेभ द चिल्ड्रेन र नेपाल मेडिसिटी अस्पतालबीच सेवा आदानप्रदानको सम्झौता 

काठमाडौं । भैसेपाटीमा अवस्थित नेपाल मेडिसिटीमा सोमबार सेभ द चिल्ड्रेन नेपाल र नेपाल मेडिसिटीबीच विशेष सम्झौता भएको छ ।   सेभ द चिल्ड्रेनकी डेपुटी कन्ट्री डाइरेक्टर बन्दना रिजाल र नेपाल मेडिसिटीका

नेपाल मेडिकल हब अभियान : बंगलादेशीहरु उपचारको लागि अब मेडिसिटी आउने

काठमाडौँ। नेपाललाई मेडिकल हबको रुपमा विकाश गरी मेडिकल टुरिजमको उत्कृष्ट गन्तब्यको रुपमा नेपाललाई विश्वसामु प्रस्तुत गर्ने उद्देश्यले नेपाल मेडिसिटीले प्रवर्धन अभियानको थालनी गरेको छ ।  बंगलादेश स्थित नेपाली राजदुतावासको सहयोगमा नेपाललाई

नेपाल मेडिसिटीमा “डिजास्टर ड्रिल” सफल रुपमा सम्पन्न

काठमाडौँ। प्राकृतिक प्रकोपबाट निम्तन सक्ने दुर्घटनाका लागि पूर्वतयारी अपनाउन र उद्धार एवं उपचारका लागि जुनसुकै बेलापनि तयारी अवस्थामा रहन नेपाल आर्मी तथा अमेरिकन आर्मीले नेपाल मेडिसिटी अस्पतालमा डिजास्टर ड्रिल सम्पन्न


z