• २०८१ बैशाख १४ शुक्रबार

प्रदेश १ मा विहिबार सार्वजनिक बिदा

kharibot

विराटनगर। प्रदेश नं १ को सरकारले विश्व आदिवासी जनजाति दिवसका अवसरमा साउन २४ गते बिहीबार सार्वजनिक बिदा दिने सार्वजनिक सूचना जारी गरेको छ । 

प्रदेश नं १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशका १४ वटै जिल्ला प्रशासन कार्यलयमा २०७४ चैत २९ गतेको प्रदेश सरकारको निर्णयअनुसार उल्लिखित बिदा दिने निर्णय भई सोको सूचना नेपाल राजपत्र खण्ड (१) विराटनगर, नेपाल, चैत २९ गते २०७४ (पूर्व अतिरिक्ताङ्क १ (अ) मा प्रकाशित गरेको जनाएको छ । 

सूचनामा साउन २४ गते विश्व आदिवासी दिवस, भदौ १० गते आइतबार रक्षाबन्धन, जनैपूर्णिमा, भदौ १८ गते सोमबार राधाकृष्ण रथयात्रामा (मोरङ र सुनसरी मात्र) र कात्तिक २७ गते मंगलबार छठ पर्वमा सार्वजनिक बिदा दिने जानकारी गराइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै