सडकमै शिशु जन्मियो

खरीबोट

तस्बीर : टीका खतिवडा, रासस, इलाम

इलाम। एक महिलाले सडकमै शिशु जन्माएकी छन् । 

इलाम नगरपालिका–३ निवासी रामचन्द्र थापाकी श्रीमती गोमा थापाले बुधबार दिउँसो सडकमै शिशुलाई जन्म दिएकी हुन् । सुत्करी बेथा लागेपछि अस्पताल लैजाँदै गर्दा मेची राजमार्गको पुवाखोला बजारमा गोमाले स्थानीय महिलाकै सहयोगमा शिशु जन्माएकी हुन् । 

इलाम नगरपालिकाका–४ का अध्यक्ष नुतनदेव दुलालका अनुसार ग्रामीण क्षेत्रमा बसोबास गर्ने बासिन्दाका लागि स्वास्थ्य संस्था टाढा भएकै कारण स्वास्थ्यसम्बन्धी सेवा लिन सदरमुकाम धाउनुपर्ने बाध्यता छ । 

सडकको अवस्था राम्रो नभएपछि अस्पताल लैजान पनि मानिसकै भर पर्नुपर्छ । घरबाट पक्की बाटो वा अस्पतालसम्म पुग्न नै धेरै समय खर्चिनुपर्दा समस्या हुने गरेको स्थानीय बासिन्दाको भनाइ छ । 

सम्बन्धित समाचार

मातृ र शिशु मृत्युदर कम गर्न गर्भवतीलाई नुन र सुत्केरीलाई तेल

रुकुम (पूर्व) । मातृ मृत्युदर र शिशु मृत्युदर कम गर्नका लागि यहाँका एक गाउँपालिकाले गर्भवतीलाई नुन र सुत्केरीलाई तेल उपहार दिने गरेको छ । सिस्ने गाउँपालिकाले यहाँका सबै स्वास्थ्य चौकीमा गर्भ

शिशु जन्माउन नसक्दा मृत्यु

डोटी । जिल्लाको सायल गाउँपालिका बस्ने ४३ वर्षीया नारु ऐरले शिशु जन्माउन नसक्दा उनको आज दिउँसो ज्यान गएको छ ।  पेटमै मृत्यु भएको शिशु निकाल्ने क्रममा उनको मृत्यु भएको इलाका प्रहरी

आफैँले जन्माएको शिशु फालेको आरोपमा महिला पक्राउ

लहान । आफैँले जन्माएको शिशु बेवारिसे फालेको आरोपमा प्रहरीले आज सिरहाको गोलबजार नगरपालिकाबाट एक महिलालाई पक्राउ गरेको छ ।  गोलबजार नगरपालिका– ८ सिडियोटोल नजिकै रहेको आँपको बगैँचामा परालको कुन्यूमा बेवारिसे नवजात

आफ्नै नवजात शिशु मार्ने आमा पक्राउ

काठमाडौँ । आफ्नै शिशुलाई मारेर फालेको अभियोगमा प्रहरीले आज एक महिलालाई पक्राउ गरेको छ ।  काठमाण्डौँ महाबौद्धस्थित आफ्नै कोठामा यही माघ १ गते नवजात शिशु जन्माइ मारेर फरार हुँदै आएकी कपिलवस्तुकी


z