• २०८१ बैशाख ७ शुक्रबार

एसियाली खेलकूदमा सहभागी हुने लनटेनिस टोली मलेसिया प्रस्थान

kharibot

काठमाडौँ इण्डोनेसियामा हुने १८औँ एसियाली खेलकूदमा सहभागी हुने लनटेनिस टोली वैदेशिक प्रशिक्षणका लागि मलेसियाको क्वालालम्पुर प्रस्थान गरेको छ । 

खेलाडीले मलेसिया लनटेनिस संघको एकेडेमीमा नौ दिन प्रशिक्षण गर्नेछन् । त्यसै एकेडेमीमा मलेसियाको लनटेनिस एसियाड टोली पनि प्रशिक्षण गरिरहेकाले नेपाली खेलाडीले उनीहरुसँग अभ्यास खेल खेल्ने नेपाल टेनिस संघले जनाएको छ । 

पुरुष खेलाडीमा अभिषेक बाँस्तोला, संरक्षक भूषण बज्राचार्य र प्रणव खनाल रहेका छन् । महिलामा मायांका राणा, माहिका राणा र एनी माथेमा रहेको टेनिस संघले जनाएको छ । एसियाडमा नेपालले सिंगल्स, डबल्स र मिक्स डबल्समा सहभागिता जनाउनेछ । 

लनटेनिसमा नेपालले सन् १९७० को बैंकक एसियाडदेखि भाग लिन थालेको थियो । सहभागिताको यात्रा सन् १९९० मा चीनको बेइजिङ एसियाडसम्म नियमित रह्यो । त्यसपछिका लगातार चार संस्करण हिरोसिमा, बैंकक, बुसान र दोहा एसियाडमा नेपालले लनटेनिसमा सहभागिता जनाएको थिएन । चीनको ग्वान्झाव एसियाडदेखि भने नेपालको सहभागिता पुनःनिरन्तर छ । 

लनटेनिस टोली आगामी भदौ १ गते मलेसियाबाटै इण्डोनेसिया जाने तालिका छ । एसियाडअन्तर्गत लनटेनिस भदौ ३ देखि १० गतेसम्म हुनेछ । टोलीलाई नेपाल टेनिस संघकी अध्यक्षसमेत रहनुभएका नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष ज्योति राणा लगायतले बिदाइ गरेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै