• २०८१ बैशाख ५ बुधबार

केपा अरिजागाबाला बने विश्वकै महंगा गोलकिपर, कीर्तिमानी रकममा चेल्सी आए 

kharibot

काठमाडौँ।  प्रिमियर लिग क्लब चेल्सीले स्पेनिस क्लब एथ्लेटिको विल्वाओबाट युवा गोलकिपर केपा अरिजागाबालालाई कीर्तिमानी रकममा भित्र्याएको छ।

केपाका लागि चेल्सीले ७२ मिलियन पाउण्ड खर्चिएपछि केपा विश्वकै महँगा गोलकिपर बनेका छन् । यस अघि लिभरपुलको एलिसन बेकर रोमाबाट ६६ मिलियन पाउण्डमा लिभरपुल आउँदा महँगा गोलकिपर बनेका थिए । एलिसनको रेकर्डलाई केपाले २० दिनमै तोडिदिएका छन्। 

चेल्सीसँग ७ वर्षको लागि सम्झौता गरेका केपाले अब बेल्जियमका टिबाउट कोर्टीयसलाई रिप्लेस गर्ने छन्।  कोर्टीयस रियल म्याड्रिड जाने भएपछि चेल्सीले केपालाई भित्राएको हो। 

केपा स्पेनिस राष्ट्रिय टिमको दोस्रो रोजाईँका गोलकिपर हुन् । उनले अहिलेसम्म स्पेनका लागि केवल एक खेल मात्र खेलेका छन्। तर विल्वाओको पहिलो टिममा पछिल्लो दुई सिजन बिताएका केपाले ५३ ला लिगा खेल खेलेका छन् । ६ फिट ३ इन्च अग्ला केपालाई स्पेनकै डेभिड डि गा पछि नयाँ स्टार गोलकिपरको रुपमा हेरिएको छ ।  

चेल्सीका गोलकिपर कोर्टीयसले चेल्सी छोडेर ३५ मिलियन पाउण्डमा रियल म्याड्रिड गएका छन्। उनले रियलमा ६ बर्षका लागि सम्झौता गरेका छन्। हालै सम्पन्न विश्वकपमा कोर्टीयसले उत्कृष्ट गोलकिपरको अवार्ड पाएका थिए।  


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै