• २०८१ बैशाख १२ बुधबार

सिम टिभीमा मनोरञ्जनात्मक च्यानल थपिए 

kharibot

काठमाडौँ।  सिम टिभीले आफ्ना ग्राहकहरुको लागि थप मनोरञ्जनात्मक सामाग्रीहरु प्रशारण गर्ने क्रममा रमाइलो एचडि,एक्सन स्पोर्टस् एचडि, प्लस मुभि,जुनियर टिभि, बलिउड बिट्स, सिने हिट्स र गुञ्जन जस्ता मनोरञ्जनात्मक च्यानलहरु थप भएका छन् । प्लस प्याकेज अन्तर्गत रहने यी च्यानलहरु हालका लागि सम्पुर्ण ग्राहकहरुलाई निःशुल्क प्रदान गरेको छ । 

रमाइलो एचडिमा नयाँ नेपाली हाँस्य श्रृंखला (माइकल ज्याक्सन, शेरेले हसाउँछ, दृष्टि र नेपालीमा अनुबाद गरीएका चर्चित हिन्दि टेलिश्रृंखला–आनन्दी र जड्यौरी जस्ता मनोरञ्जनात्मक कार्यक्रमहरु हेर्न सकिने भएको छ । 

त्यस्तै नेपालकै पहिलो स्पोर्टस् च्यानल एक्सन स्पोर्टस् एचडिमा नेपालभर हुने फुटबल, क्रिकेट लगायतका विभिन्न खेलहरुको प्रत्यक्ष प्रसारणका साथै राष्ट्रिय तथा अन्तर्राष्टिय खेलकुदसम्बन्धि विभिन्न कार्यक्रमहरु प्रसारण हुन्छन् । प्लस मुभि च्यानलमा दैनिक लोक प्रिय नेपाली सिनेमाको मज्जा लिन सकिने सिमटिभीले जनाएको छ । 

त्यस्तै हाम्रा भाइ बहिनी तथा छोरा छोरीहरुले जुनियर टिभिमा कार्टुन तथा ज्ञान गुनका सामाग्रीहरुको मज्जा लिन सक्ने जनाइएको छ । यो नेपालकै पहिलो र एकमात्र कार्टुन च्यानल हो ।

बलिउड बिट्स च्यानलमा दर्शकहरुले हिन्दी सिनेमाका चर्चित गीतहरु हेर्न सकिने छ । गुञ्जन च्यानलमा नेपालभरका लोक भाकाहरु प्रशारण हुनेछन् । नेपाली लोक संगीतमा रमाउने दर्शकहरुका लागि यो च्यानलले भरपुर मनोरञ्जन प्रदान गर्ने छ । 

विशुद्ध नेपाली चलचित्रका गीतहरुमात्र प्रशारण हुने च्यानल सिने हिट्समा दर्शकहरुले नेपाली चलचित्रका नयाँ तथा पुराना गीतहरुको आनन्द लिन सकिने छ । अन्य कुनै पनि केबलहरुमा उपलब्ध नभएका यी च्यानलहरुबाट सिम टिभिका ग्राहकहरुले भरपुर मनोरञ्जन लिन सक्ने भएका छन्। भरपर्दो र गुणस्तरीय नेपालको नं. १ डिजिटल केबल नेटवर्क सिम टिभी प्रयोग गरी एक्सक्लुसिव च्यानलहरुको निःशुल्क सेवाको भरपुर मनोरञ्जन लिन सिम टिभीले आग्रह गरेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै