• २०८१ बैशाख ८ शनिबार

इन्डोनेसियाको लोम्बोकमा पुनः ५.९ रेक्टरको भूकम्प 

kharibot

फाइल तस्बिर

इन्डोनेसिया । बिहीबार लोम्बोकमा पुनः ५.९ रेक्टर स्केलको भूकम्प गएको छ । अमेरिकी भूगर्भ अनुसन्धान केन्द्रका अनुसार गत आइतबार गएको ६.९ रेक्टरको भूकम्प गएको राज्यमा पुनः शक्तिशाली भूकम्प गएको हो । 

आइतबारको भूकम्पमा झण्डै ३ सय ५० मानिस मरेको इन्डोनेसियाली मिडियालाई उद्धृत गर्दै सीएनएनले जनाएको छ । यद्यपि आधिकारिक रुपमा भने १ सय ३१ को मृत्यु भएको बताइएको छ । मृतकको संख्या अझै बढ्ने अनुमान गरिरहेका बेला पुनः दोस्रो पटक भूकम्प गएको हो । दुवै भूकम्प उत्तरी लोम्बार्कमा गएको जनाइएको छ जहाँ धेरै मानिसहरुको बसोबास छ । 

बिहीबारको भूकम्पको धक्का बालीसम्म महसुस भएको थियो । यो दुई हप्तामा तेस्रो पटक गएको भूकम्प हो । यसअघि जुलाई २९ मा पनि ६.४ म्याग्निच्युटको भूकम्प गएको थियो जसले दर्जन बढीको ज्यान लिएको थियो ।

आइतबारको भूकम्पमा झण्डै १ लाख ६५ हजार मानिस घरबारविहीन भएका थिए भने १५ सय मानिस घाइते भएको इन्डोनेसियाको नेसनल डिजास्टर म्यानेजमेन्ट एजेन्सीका प्रवक्ताले बताएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै