अर्जेन्टिनाको सिनेटले गर्भपतन कानुन पारित गरेन

खरीबोट
ad

ब्युनस आयर्स। अर्जेन्टिनाको सिनेट (संसदको माथिल्लो सदन) ले गर्भपतनसम्बन्धी विधेयकको विपक्षमा मतदान गरेको छ । यो मतदानसँगै उक्त विधेयक सिनेटबाट ‘अस्वीकृत’ भएको छ । 

यो असफलतासँगै अर्जेन्टिनाका महिला अधिकारवादीहरु निराश भएको बताइएको छ । गत जुन महिनामा महिलाले गर्भपतन गराउन पाउने विधेयक यहाँको संसदको तल्लो सभाले पारित गरेको थियो । 

उक्त विधेयक पारित हुँदा खुशी भएका यहाँका महिलाहरु बिहीबारको सिनेटको मतदानपछि भने निराश हुन पुगेका विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

उता, इसाई समुदायका सर्वोच्च गुरु पोप फ्रान्सिसको जन्मेको यस देशमा गर्भपतन गराउन पाउने भनी ल्याइएको यस कानुन पारित हुन नसकेपछि भने अधिकांशमा खुशियाली छाएको बताइएको छ । 

एकजना अधिकारीकाअनुसार उक्त विधेयकको विपक्षमा ३८ जना सिनेटरले मतदान गरेका थिए भने यसको पक्षमा मतदान गर्ने सिनेटर ३१ जना थिए । मतदानको क्रममा ४ जना सिनेटर अनुपस्थित थिए । 

उक्त विधेयकमा महिलाले चाहेमा आफ्नै निर्णयबाट गर्भ रहेको बढीमा १४ हप्तासम्मको भू्रण पतन गराउन पाउने प्रावधान रहेको थियो । यहाँका नागरिकले भने यस प्रावधानको विरोध गरेका थिए । 

महिलालाई गर्भपतनको अधिकार दिनुपर्छ भन्ने महिला अधिकारकर्मीहरुले भने सिनेटको यस निर्णयको विरोध गरेका छन् । उनीहरुले पनि जुलुशहरुमार्फत विरोध प्रदर्शन गरेका छन् । 

यस कानुनका पक्षधर महिलाहरु हरियो पछ्यौरी ओढेर विभिन्न सडकमा विरोधमा निस्किएका थिए । उनीहरुले आँशु झारेका दृश्यहरु पनि टेलिभिजनमा देखाइएको थियो । 

केही प्रदर्शनकारीले भने सडकमै प्रहरीतर्फ ढुङ्गामुढा गरेका थिए । उनीहरु गर्भपतनको कानुनका पक्षधर थिए । उनीहरुले सिनेटले राम्रो काम नगरेको प्रतिक्रिया दिएका थिए । 

सम्बन्धित समाचार

मेसी बिनाको अर्जेन्टिना ब्राजिलसँग हार्यो 

काठमाडौँ। ब्राजिलले आफ्नो परम्परागत प्रतिद्वन्दी अर्जेन्टिनालाई पराजित गरेको छ। हाल युएइमा रहेका दुवै टिमबीचको भएको मैत्रीपूर्ण फुटबलमा ब्राजिलले १-० गोल अन्तरले पराजित गरेको छ।  ब्राजिलले खेलको अन्तिम मिनेटमा जोआओ मिरांडाको गोलमा

मेसीबिना अर्जेन्टिनाको इराकमाथि सजिलो जित

काठमाडौँ।  लियोनेल मेसी  खेलिरहेको अर्जेन्टिनाले मैत्री खेलमा इराकलाई ४-० ले पराजित गरेको छ । गएराती भएको खेलमा अर्जेन्टिनको जितमा लाउटारो मार्टिनेज, रोबेर्टो पेरेयेरा, गर्मन पेजेला र फ्रान्को केर्भीले एक एक  थिए। विश्वकपमा नराम्रो पराजयपछि

मेसी बिना ग्वाटेमालाविरुद्ध अर्जेन्टिनाको सहज जित, साइमिओनेका छोराले गरे डेभ्यु गोल 

काठमाडौँ।  मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले ग्वाटेमालालाई पराजित गरेको छ।  स्टार खेलाडी लियोनेल मेसी बिना खेलेको अर्जेन्टिनाले ग्वाटेमालालाई ३-० गोल अन्तरले पराजित गरेको हो। मेसी नखेलेको खेलमा अर्जेन्टिनाका लागि जियोभानी साइमिओने र गोञ्जालो

फिफा वरियतामा फ्रान्स र क्रोसियाको छालाङ, अर्जेन्टिना र जर्मनी टप टेनबाट बाहिरिए   

काठमाडौँ । फिफाको मे महिनाको नयाँ वरियतामा नेपाल यसअघि कै १६१औ स्थानमै रहेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल अघिल्लो महिनाकै यथास्थानमा रहेको हो ।  दक्षिण एसियाली फुटबलमा


z