• २०८१ बैशाख ६ बिहीबार

दश प्रविधि कम्पनी जसले १० वर्षमा हाम्रो जीवनशैली परिवर्तन गरे

kharibot

पछिल्ला दश वर्षमा प्रवधिको क्षेत्रमा उल्लेखनीय विकास भयो । यस अवधिमा धेरै प्रविधि कम्पनी स्थापित÷विकसित भए र धेरैले विश्वलाई नयाँ दिशातर्फ मोडे । दश वर्षअगाडि हामीले प्रविधिको क्षेत्रमा तीव्र गतिमा भइरहेको विकासलाई हेरेर विश्व नयाँ दिशातर्फ मोडिँदै गएको अनुमानमात्र गरेका थियौं जुन आज प्रत्यक्ष भएको छ । हाल प्रविधि हाम्रो जीवनको एक अभिन्न अङ्ग नै भइसकेको छ । यहाँ त्यस्ता प्रविधि कम्पनीको चर्चा गरिन्छ जसले आफ्नो मात्र विकास गरेनन्, विश्वलाई नै नयाँ दिशातर्फ मोड्न समर्थ भए । 

१. अमेजन

जेफ बेजोसले सन् १९९४ मा स्थापना गरेको यो कम्पनी विश्वकै ठूलो अनलाइन शपिङ कम्पनी हो । यसले विभिन्न कम्पनीसँग साझेदारी गरी विश्वभर ती कम्पनीका उत्पादन वितरण गर्ने काम गर्छ । यसका संस्थापक हाल विश्वकै सर्वाधिक धनी छन् । पछिल्लो दश वर्षमा यसको ग्रोथ २०२० प्रतिशत छ । 

२. एप्पल 

सन् १९७६ मा स्टिभ जब्स, स्टिभ वज्नियाक र रोनाल्ड वायनेद्वारा स्थापित यस कम्पनीको बजार पूँजीकरण हाल करीब दश खर्ब डलर छ । आइफोन, आइप्याड, आइपोड, म्याकबुक आदि इलेक्ट्रोनिक सामानको उत्पादन गर्ने यस कम्पनीको पछिल्लो दश वर्षमा ७७० प्रतिशत ग्रोथ छ । यसको अधिकांश श्रेय कम्पनीका संस्थापक स्टिभ जब्सलाई दिने गरिएको छ । 

३. फेसबुक 

सन् २००४ मा मार्क जुकरबर्ग र उनका साथीहरू एडवार्डो सेभरिन, एण्ड्र्यु म्याककोलम, डस्टिन मस्कोभिच र क्रिस हग्सले स्थापना गरेको यस संस्थाको ग्रोथ पछिल्लो दश वर्षमा ४८३ प्रतिशत छ । पछिल्लो समय केही विवाद झेलिरहे पनि यसले विश्वको एक सफल कम्पनीमा आफ्नो नाम लेखाइसकेको छ । 

४. अल्फाबेट 

ल्यारिपेज र सर्जेइ ब्रिनले सन् २०१५ मा स्थापना गरेको गुगलको भ्रातृ कम्पनीको पछिल्लो २ वर्षमा नै ग्रोथ ४११ प्रतिशत पुगेको छ । यस कङलोमेरेट (सङ्गठनात्मक) कम्पनीले गूगलकै केही जिम्मेवारीलाई आफूले लिएको हो । 

५. माइक्रोसफ्ट

विश्वका दोस्रो धनी व्यक्ति बिल गेट्स र पल एलेनले सन् १९७५ मा स्थापना गरेको यस कम्पनीले कम्प्युटरलाई आवश्यक विभिन्न सफ्टवेयर, प्रोग्राम, भिडियो गेम आदि बनाउने गर्छ । पछिल्लो दश वर्षमा यसको ग्रोथ २३१ प्रतिशत छ । 

६. ट्विटर 

ज्याक डोर्स, नोआह ग्लास, बिज स्टोन र इभान विलियम्सले सन् २००६ मा स्थापना गरेको यस कम्पनीले विश्वभर निकै प्रसिद्धि कमाएको छ । विश्वका अधिकांश राजनेता तथा सेलिब्रिटी संलग्न रहेको यस कम्पनीले पछिल्लो दुई वर्षमा केही घाटा बेहोरे पनि यो पुनः उदाउन सक्ने सङ्केत देखिएको छ । 

७. अलिबाबा

ज्याक मा र पेङ लीद्वारा सन् १९९९ मा स्थापित यस संस्थालाई चिनियाँ अमेजन पनि भनिन्छ । विश्वका धनाढ्यहरूमध्ये एक ज्याक माको यस कम्पनीको ग्रोथ पछिल्लो दश वर्षमा १०८ प्रतिशत पुगेको छ । यसले चीनमा एक किसिमको आर्थिक क्रान्ति नै ल्याएको बताइन्छ । 

८. नेटफ्लिक्स 

रीड ह्यास्टिङ र मार्क ¥यान्डल्फले सन् १९९७ मा स्थापना गरेको यस कम्पनीले अनलाइन मनोरञ्जन कार्यक्रम, चलचित्र र टेलिसिरियल आदिको निर्माण गर्छ । पछिल्लो दश वर्षमा यसको ग्रोथ ६२५९ प्रतिशत पुगेको छ । 

९. टेस्ला 

एलन मस्क, मार्टिन इबरहार्ड, मार्क टार्पेनिङ र जेबी स्ट्रबेलले सन् २००३ मा स्थापना गरेको यस संस्थाले अटोमोबाइल र विद्युतीय कारको उत्पादनमा लगानी गरेको छ । पछिल्लो दश वर्षमा यसको ग्रोथ १७२८ प्रतिशत छ । 

१०. सामसुङ

कोरियाको सबैभन्दा ठूलो घराना कम्पनी सामसुङको स्थापना ली फ्यङ चुलले सन् १९३८ मा गरेका हुन् । टिभी, स्मार्टफोन आदि विद्युतीय सामानका साथै घरायसी उपकरणको उत्पादन गर्ने यस कम्पनीको ग्रोथ पछिल्लो दश वर्षमा २८० प्रतिशत पुगेको छ । 

स्रोत: ट्रेण्डिङ स्टक डट टुडे 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै