अभिनेता फरहान अख्तरको नयाँ अफ्येर्स ! 

खरीबोट
ad

मुम्बई।  बलिवुड अभिनेता फरहान अख्तर पछिल्लो समय आफ्ना फिल्म भन्दा निजि अफ्येर्सका आरन चर्चामा आएका छन्। पत्नी अधुनासँगको सम्बन्ध विच्छेदपछि अभिनेत्री श्रद्धा कपुरसँगको अफ्येर्सका कारण चर्चामा रहेका फरहान अहिले फेरी नयाँ अफ्येर्सका कारण चर्चामा रहेका छन्।  

श्रद्धा कपुरसँगको अफ्येर्स श्रद्धाका पिता शक्ति कपुरले हस्तक्षेप गरेपछि टुटेको बलिवुडमा यसअघि नै चर्चाको विषय बनेको थियो। दुवैले रकअन २ फिल्ममा संगै काम पनि गरे तर फिल्म भने फ्लप हुन पुग्यो। पत्नी अधुनासँगको सम्बन्ध बिच्छेदमा पनि श्रद्धासँगको सम्बन्ध नै कारण भएको बताइन्छ।       

अब अहिले श्रद्धासँग टाढा भएपछि फरहान अभिनेत्री एवं गायिका शिवानी दानडेकरसँग रिलेसनसिपमा रहेको बलिवुडमा चर्चा चलेको छ। दुवैलाई धेरै जसो सार्वजनिक ठाउमा देखिन थालेपछि फरहान अब नयाँ रिलेसनसिपमा रहेको बताइएको छ। दुवै पछिल्लो ३ बर्षदेखि नै एकअर्कासँग नजिक रहेपनि पछिल्लो समय सँगै देखिन थालेको भारतीय मिडियाले चर्चा गरेका छन्।  

४४ बर्षिय अभिनेता फरहानका पछिल्ला फिल्म असफल भइरहेका छन्।  फरहानका रकअन २, लखनउ सेन्ट्रल जस्ता फिल्म बक्स अफिसमा असफल भएका थिए। अब उनले अभिनेत्री प्रियंका चोपडासँग ‘द स्काई इज़ पिंक’ को शूटिंग सुरु भएको छ । 

सम्बन्धित समाचार

बलिवुडमा #MeToo : अनु मलिकलाई रियालिटी शो इन्डियन आइडलबाट हटाइयो 

मुम्बई। बलिवुडमा #MeToo अभियान अन्तर्गत यौन शोषणको आरोप लागेका संगीतकार अनु मलिकलाई रियालिटी शो इन्डियन आइडलबाट हटाइएको छ। सोनी टिभीबाट प्रसारण हुने इन्डियन आइडल अब अनु मलिक बिना  रहने सोनी

दिशा पटानीले गरिन् अक्षयकुमारसँगको फिल्म अस्विकार

मुम्बई। बलिवुड अभिनेत्री दिशा पटानी एक पछि अर्को सफलताको सिढी चढिरहेका बेला उनले अभिनेता अक्षयकुमारसँग फिल्म खेल्न अस्विकार गरेकी छन्।  बागी २ पछि हाल सलमान खानको फिल्म भारतमा समेत अभिनय गरिरहेकी

बलिवुडमा #MeToo : गीतको बदलामा अनु मलिकले गायिकासँग 'किस' मागेको खुलासा  

मुम्बई। बलिवुडमा #MeToo अभियान अन्तर्गत यौन शोषण र उत्पीडनका घटना सार्वजनिक हुनेक्रम जारी रहेको छ। यसैबीच चर्चित संगीतकार अनु मलिकलाई उत्पीडन आरोप लागेको छ। यसअघि गायिका सोना महापात्राले मलिकमाथि उत्पीडनको आरोप

आफुभन्दा १५ बर्ष कम उमेरका मोडलसँग अफयेर्समा सुष्मिता सेन 

मुम्बई। बलिवुड अभिनेत्री सुष्मिता सेन अहिले फेरी चर्चामा रहेकी छन्। सामाजिक संजालमा समेत निकै सक्रिय रहेकी सुष्मिता अहिले एक अज्ञात युवकसँग बढी देखिन थालेपछि उनको ति युवकसँग अफ्येर्स रहेको भारतीय


z