• २०८१ बैशाख ६ बिहीबार

अन्तिम कारोवार दिन पनि नेप्से ऋणात्मक : १९ करोडको सेयर किनबेच

kharibot

काठमाडौं। साताको अन्तिम कारोवार दिन आज बिहिबार पनि सेयर बजार ऋणात्मक देखिएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज परिसुचक छ दसमलव ६९ अंकले घटेर ११ सय ८० दसमलव ६३ बिन्दुुमा झर्दा सेन्सिटिभ पनि एक दसमलव ३७ अंकले घटेर दुुई सय ४९ दसमलव १३ बिन्दुुमा झरेको छ ।

एक सय ६३ कम्पनीहरुको चार हजार तीन सय ७० वटा कारोवारमा आठ लाख ६९ हजार तीन सय सात कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम १९ करोड ६९ लाख ४५ हजार दुुई सय ३७ रुपैयाँ पुुगेको छ । 

नेप्सेमा आज १० वटा समुहको कारोवार भएकोमा टे«डिङ समुहको सुचक दुुई दसमलव ११ बिन्दुुले सुधार देखिएको छ । यस बाहेक बाँकी नौ वटा समुहको सुचकमा उच्च बिन्दुुले गिरावट आएको छ। सबैभन्दा बढी घटेको जिवन बीमा समुहको सुचक एक सय दुई दसमलव ८३ अंकले घटेर पाँच हजार सात सय ७१ दसमलव ४० बिन्दुुमा झर्दा तीन करोड २२ लाख ६४ हजार सात सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

बाँणिज्य बैक समुहको सुचक पनि तीन दसमलव ३७ अंंकले घटेर एक हजार नौ दसमलव ८२ बिन्दुुमा झरेकोमा पाँच करोड २९ लाख १५ हजार तीन सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यसैगरी जलबिद्युत समुहको सुुचक पनि १६ दसमलव ८८ अंकले घटेर १४ सय छ दसमलव ५७ बिन्दुुमा झरेकोमा एक करोड ८० लाख ८६ हजार पाँच सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यि बाहेक निर्जिवन बीमा, बिकास बैंक, होटल, फाईनान्स, अन्य र लघुबित्त समुहको सुचकमा पनि गिरावट आएको छ ।  

आज बढी कमाउने कम्पनीको सुचीमा परेको आरम्भ माईक्रो फाईनान्सको प्रतिकित्ता सेयर मुल्य तीन रुपैयाँ ८७ पैसाले बढेर सात सय २४ रुपैयाँमा कारोवार भएको छ भने बढी गुुमाउने कम्पनीको सुचीमा अग्रस्थानमा परेको मल्टीपर्पोस फाईनान्सको सेयर मुल्य नौ रुपैयाँ नौ पैसाले घटेर दुुई सय ५० रुपेैयाँमा कारोवार भएको छ ।

रकम कारोवारका आधारमा अग्रस्थानमा परेको नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता नौ सय ६७ रुपैयाँमा दुुई करोड १९ लाख ८२ हजार तीन सय १९ रुपैयाँको सेयर कारोवार भएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै